ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

किसानलाई वरदान बन्दै भेरी शीत भण्डार

News Desk by News Desk
९:०१ बिहान, पुस ३, २०८०
किसानलाई वरदान बन्दै भेरी शीत भण्डार

फाइल तस्बिर

380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस ३ गते ।
पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।

कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए । उनका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफूल पनि भण्डारण गर्ने गरिएको छ ।

“भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौडासम्म लैजानुपर्ने बाध्यता थियो”, अध्यक्ष भट्टराईले भने, “बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।” शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए ।

“शीत भण्डारले आलुको बीउ जोगाइ दिएर किसानलाई वरदान साबित भएको छ”, उनले भने, “यसअघि बीउ जोगाउन काठमाडौँ, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।” यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए । “विशेष गरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ”, उनले भने, “पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठुलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गर्नुभयो । वि.सं.२०५१÷५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब छ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजार सात सय १४ शेयर सदस्य छन् । कूल शेयर पुँजी ९७ लाख ४९ हजार पाँच सय रहेको उहाँले जानकारी दिए ।

हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्युठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो । “अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ”, अध्यक्ष भट्टराईले भने, “गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।” जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भइरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो ।

आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

ADVERTISEMENT

बाँके क्षेत्र–१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए । कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उनको भनाइ थियो ।

Share153Tweet95SendShare
Previous Post

नेपालगन्जमा भूकम्पिए जोखिमका संरचनाको प्रवलीकरण

Next Post

बाँकेमा पाँच महिनामा सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
Next Post
नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

बाँकेमा पाँच महिनामा सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु

गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक

प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?