ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

चैते धानखेती गर्ने किसानलाई अनुदान

News Desk by News Desk
४:०१ मध्यान्ह, माघ २२, २०८०
चैते धानखेती गर्ने किसानलाई अनुदान
371
सेयर
370
VIEWS
ShareTweetSendShare

कञ्चनपुर माघ २२ गते ।
चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।

किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए । “धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ”, उनले भने, “चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।”

किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ । पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताए ।

उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए ।

सम्बन्धित समाचार

बाँकेमा ४४ प्रतिशत रोपाइँ

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए । बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए ।

“चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन”, धामीले भने । फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् । रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले बर्खे धानखेती गर्दै आएका छन् ।

चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ । रासस

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बासस्थानमा रहेको दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

Next Post

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
कृषि

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

१२:०० बिहान, जेष्ठ १९, २०८२
Next Post
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बाँकेमा सन्चारकर्मी गैरे र सुवेदी सहित ४ पत्रकार सम्मानित

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 38°C
Wind: 6km/h E
Humidity: 84%
Pressure: 998.98mbar
UV index: 0
SunMonTue
34/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?