
बर्दिया संवाददाता कात्तिक ११ गते ।
बर्दियाकाे विभिन्न स्थानबाट जुवा खेलीरहेकाे अवस्थामा ३१ जना जुवाडे पक्राउ परेका छन् । राजापुर नगरपालिका वडा नम्बर १ बस्ने गुरिलाल थारूकाे घरबाट २२ जना र बाँसगढी नगरपालिकाबाट ९जना गरि ३१ जना जुवाडे पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।ईलाका प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय माेतिपुरबाट खटिएकाे गस्तीटाेलीले राजपुरबाट नगद ४५हजार ७सय १९ र बाँसगढीबाट ८३हजार ४सय ५ गरि नगद १ लाख २९ हजार १सय २४ रूपैया नगद र ६ गड्डी तास सहित उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले वताए।पक्राउ परेका हरूलाई थप अनुसन्धानकाे लागि हिरासतमा राखेको प्रहरीले वताएकाे छ ।









Discussion about this post