ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तापक्रम केही घट्यो, गर्मी उस्तै

News Desk by News Desk
१:५७ मध्यान्ह, जेष्ठ २१, २०८१
गर्मीले जनजीवन अस्तव्यस्त

गर्मीले जनजीवन अस्तव्यस्त

378
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २१ गते ।
देशभरको तापक्रम सामान्य घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ४४ डिग्रीसम्म पुगेको पश्चिम तराईका भूभागहरुसहित देशभरको तापक्रम केही घटेको हो।

पहाडी भूभागहरू वर्षा र बदलीका कारण तापक्रम घटेको मौसमविद रोजन लामिछानेले बताए। केही दिनअघिसम्म पश्चिम तराईका भूभागहरुमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। आइतबार तापक्रम घटेर ४० भन्दा कम पुगेको महशाखाले सार्वजनिक गरेको विवरणा उल्लेख छ।

आइतबार धनगढीको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन भएको थियो। त्यस्तै नेपालगन्जको अधिकतम तापक्रम ३९.२ डिग्री सेल्सियस मापन भएको थियो।

मध्य र पूर्वी तराईमा तापक्रम अझै घटेको विभागको तथ्यांकमा उल्लेख छ। विभागकाअनुसार आइतबार विराटनगरको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियस मापन भएको थियो। जनकपुरमा ३३.८ डिग्री सेल्सियस, सिमरामा ३२ डिग्री सेल्सियस मापन भएको थियो।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

त्यस्तै भैरहवामा ३३.७ डिग्री सेल्सियस, घोराहीमा ३२.६ डिग्री सेल्सियस मापन भएको थियो। सोमबार पश्चिम तराईमा तापक्रम केही बढ्न सक्ने मौसमविद् लामिछानेले बताए।

‘आइतबारको तुलनामा सामान्य बढ्ने सम्भावना छ। तर ४० डिग्री सेल्सियस भन्दा बढी पुग्दैन,’ उनले भने।

पश्चिम तराईका भूभागहरुमा तापक्रम केही घटेपनि गर्मी कायम छ। बादलहरू नआउँदा र पानी नपर्दा न्यूनतम तापक्रम अझै २८ डिग्री सेल्सियसको हाराहारीमा छ। त्यसैले हुप्प हुने र अत्यधिक गर्मीको क्रम अझै जारी छ।

ADVERTISEMENT

मौसमविद् लामिछानेल पश्चिम तराईका भूभागहरुमा अझै तीन दिन पानी पर्ने सम्भावना नदेखिएको बताए।

‘तीन दिनको फोरकास्ट अनुसार तत्काल पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने।

सोमबार बिहान कोशी प्रदेशका केही भूभागहरुमा पानी परेको थियो भने अन्य भूभागहरुमा सामान्य बदली भएको थियो।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

वर्षा र बदलीका कारण तापक्रममा सुधार आउने मौसमविद् लामिछानेले बताए।

काठमाडौंमा पनि तापक्रम केही घटेको छ। ३४ डिग्री सेल्सियससम्म पुगेको काठमाडौंको अधिकतम तापक्रम आइतबार सामान्य घटेको थियो।

आज पनि २८ देखि ३० डिग्री हाराहारीमा हुने मौसमविद लामिछानेले बताए।

यसपालि मनसुन सरदरभन्दा अगाडि आउने अनुमान छ। सामान्यतया जुन १३ सम्म नेपाल भित्रिसक्ने मनसुन अहिले भारतको सिक्किम आसपास छ।

’सिक्किम आइपुगेको मनसुन नेपाल आइहाल्छ भन्ने होइन। पश्चिमी न्यून चापीय प्रणाली विस्थापित हुनुपर्छ। पूर्व हुँदै देशभर त्यसले प्रभाव विस्तार गरेपछि मात्रै नेपाल भित्रियो भन्ने अवस्था हुन्छ,’ अर्यालले भने।

साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो।

Share152Tweet94SendShare
Previous Post

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

Next Post

आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान

आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान

बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?