ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा उखरमाउलो गर्मी ! ज्यानको प्रवाह नगरी काम गर्छन् मजदुर

News Desk by News Desk
६:५९ मध्यान्ह, जेष्ठ ३१, २०८१
नेपालगञ्जमा उखरमाउलो गर्मी ! ज्यानको प्रवाह नगरी काम गर्छन् मजदुर
422
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३१ गते ।
रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा थिए । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उनले मोची (जुत्ता सिलाउने काम) विगत १५ वर्षदेखि गर्दै आएका छन् ।

करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम परिसरमा घामपानीको मतलब नगरी सधैँझैँ बुधबार पनि भेटिए। चर्को घाममा छाताको छहारीभित्र अनुहारभरि बगेको पसिना पुछ्दै तेलीले दिनभरि जम्मा रु ७८ मात्रै कमाएको बताए ।

नेपालगञ्जमा एक्कासी बढेको चर्को गर्मीका कारण यात्रुहरूको चाप बजारमा कम भएपछि उनले जुत्ता सिलाउने ग्राहक पाएका छैन । झण्डै ४२ डिग्रीको गर्मीमा पुरानो छातामुनि आफ्नो काठको बाकस राखेर जुत्ता सिलाउँदै आएका तेलीले यस वर्षको गर्मीका कारण कमाइमा ह्रास भएको पहिलो अनुभव सुनाए ।

“यस्तो त पहिला कहिल्यै भएको थिएन, पहिला–पहिला दिनको केही नभए पनि रु एक हजारभन्दा बढी नै कमाइ हुन्थ्यो”, तेलीले भने, “हिजोआज त के भएको हो कुन्नी ? दिनको कमाइ कहिले रु ५० हुन्छ त कहिले रु ७०–८० हुन्छ, रु सय पनि कमाइ नभएको धेरै भयो ।”

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगञ्ज उपमहानगरपालिका–२२ मसानघाट टोलका तेली बिहान ७ बजे नै जुत्ता सिलाउन सोही ठाउँमा आइपुग्छन् । सोचेजस्तो कमाइ नभए पनि उनी दिनभरि ग्राहकको पर्खाइमा बसेर साँझ ७ बजे घर फर्किन्छन् । तेलीका पाँच छोराछोरीसहितको परिवार जुत्ता सिलाउने पेसाले नै धानिएको छ ।

पेसा फरक भए पनि तेलीको जस्तै पीडा लङ्गड लोहारको पनि छ । नेपालगञ्ज–१० गोसाइगाउँका लङ्गड विगत ३१ वर्षदेखि फलाम पिट्ने काम गर्दै आइरहेका छन् । नेपालगञ्जको धम्बोझी चोकस्थित नेपाल वायु सेवा निगम अगाडि घाम, पानी, जाडो केही कुराले उनलाई छेक्दैन । “फलामलाई विभिन्न आकार दिएर सामान बनाउने पेसा भएपछि मौसमको के कुरा गर्नु र ?”, उनले भने, “यसैबाट जीवनको गुजारा चल्दै आएको छ, घामपानी भनेर घरमै बस्ने त कुरै भएन ।”

परिवारको पेट पाल्न ४२ डिग्रीको चर्को घाममा पनि जलेको कोइलाको रापमा लङ्गडलाई नबसी सुखै छैन । दिनको रु चार÷पाँच सयदेखि रु हजारसम्म कमाइ हुने उनले बताए । उनको सातजनाको परिवार यही काममा निर्भर छ । गर्मीमा भन्दा जाडोमा कोइलामा बस्न सहज हुने उनले बताए ।

ADVERTISEMENT

गर्मीसँगै कोइलाको रापको अनुभव सुनाउँदै उनले भने, “एकातिर गर्मीको ताप, अर्कोतिर आगोमा जलेको कोइलाको तातो रापले शरीर भतभती पोल्छ, के गर्नु न गरी सुख नै छैन, जानेकै यही काम हो, दिनभरि कामले आराम गर्न पाउँदिन, रातभरि जिउ दुखेर सुत्न सक्दिनँ ।”

जानकी गाउँपालिका–२ भैयापुरका सोमपाल यादव चर्को गर्मीमा पसिना पुछ्दै रिक्सा चलाउने गर्छन् । उनले चलाउने रिक्सा विद्युतीय रिक्सा नभइ पाइडल हो । दैनिक नेपाल–भारतस्थित जमुनाह नाकामा यात्रुलाई गन्तव्यसम उनले लैजाने र ल्याउने गर्छन् ।

पाइडल रिक्सा भएको हुनाले उनले चलाउने रिक्सामा घाम छेक्नका लागि कुनै ओत छैन । आफूसँगै यात्रु पनि चर्को घाममा सवार हुनुपर्ने हुनाले आफ्नो रिक्सामा कमै यात्रु चढ्ने गरेको उनले बताए ।

“मसँग विद्युतीय रिक्सा किन्ने पैसा छैन, साहुको रिक्सा भाडामा चलाउन सकिन्थ्यो, तर विद्यतीय रिक्सा चलाउन जान्दिनँ”, उनले भने, “मेरो रिक्सामा यात्रुहरु कमै बस्छन्, पहिलादेखि नै चलाउने बानी भएको हुनाले घरमा बस्नुभन्दा केही पैसा भए पनि कमाइ हुन्छ भन्ने आशले रिक्सा चलाउने गर्दछु ।”

पाइडल रिक्सा चलाएर सोमपालले दैनिक रु दुई सय ५० देखि रु तीन सयको हाराहारीमा कमाइ गर्छन्। सोमपालले विगत १४ वर्षदेखि पाइडल रिक्सा चलाउँदै आएको बताए । सबैभन्दा बढी गर्मी हुने सहरका रूपमा परिचित नेपालगञ्जमा केही दिनयता यस वर्ष बढी गर्मीले जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण बाँकेमा मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिकित्सकले गर्मीबाट जोगिन बढीभन्दा बढी पानी खान र अतिआवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेका छन् । गर्मीका कारण दिउँसो सडकमा आवतजावत पातलिएको देखिन्छ । केही सङ्घसंस्थाले चर्को गर्मीमा प्रत्यक्ष रूपमा मर्कामा परेको भन्दै यस्ता मजदुरलाई बिहान र साँझ भेली पानी, विभिन्न फलफूलका जुस, सर्बतलगायतका तरल पदार्थ बनाएर सार्वजनिक ठाउँहरूमा बाँड्दै आएका छन् । रासस

Share189Tweet97SendShare
Previous Post

बेवारिसे अवस्थामा भेटिए १ थान भरुवा बन्दुक

Next Post

लुम्बिनी प्रदेश ४० प्रतिशतमात्र बजेट खर्च

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्बिनी प्रदेश ४० प्रतिशतमात्र बजेट खर्च

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 34°C
Wind: 10km/h WSW
Humidity: 60%
Pressure: 1012.87mbar
UV index: 7
FriSatSun
31°C / 21°C
31°C / 20°C
31°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?