ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

रोपाइँको समयमा मल खोज्दै दाङका किसान

News Desk by News Desk
१:०६ बिहान, असार ३०, २०८१
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
374
सेयर
373
VIEWS
ShareTweetSendShare

दाङ असार ३० गते ।
खेत पानी परेपछि दाङ जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ । मल अभावकै कारण खेतमा हुनुपर्ने कतिपय किसान भने मलका लागि कहिले कृषि सामग्री कम्पनी त कहिले साल्ट ट्रेडिङ कम्पनीको कार्यालय आउनुपर्ने बाध्यता छ ।

धान रोपाइँको तयारी भए पनि मल नपाउँदा ढिला भइरहेको घोराही उपमहानगरपालिका–१७ निवासी रामप्रकाश चौधरी बताउँछन् । बर्खे खेतीका लागि कृषि सामग्री कम्पनीमा मल ल्याउन आउनुभएका चौधरीले समयमै मल नआउँदा खेती गर्ने समयमा मल खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए । बिहानभरी खेत जोतेर दिउँसो मलका लागि घोराही आएको बताउँदै किसान चौधरीले भने, ‘‘समयमै मल पाएको भए अहिले धान रोपाइँ सकिन्थ्यो तर मल नहुँदा अहिले पनि खोज्न हिँड्नुपर्ने बाध्यता छ ।’’ सहकारीमार्फत गाउँमा मल वितरण हुने भए पनि गाउँमा मलका लागि पालो नै नपाउँदा खेती गर्न समस्या हुने गरेको बताउँछन् ।

धान खेती सुरु भए पनि पर्याप्त मल नहुँदा रोपाइँमा समस्या भएको घोराही उपमहानगरपालिका–१४ झिंगौरा निवासी बिहानी चौधरी बताउँछन् । पटक पटक सहकारीको कार्यालयमा गए पनि वर्षेखेतीका लागि आवश्यक मल प्राप्त गर्न नसकेको भन्दै उनले भने, ‘‘रोपाइँ गर्ने बेला भइसक्यो, दुई बोरा मात्र मल छ, यो मलले सबै खेतीलाई पुग्र्दैन ।’’ घोराही उपमहानगरपालिका १० स्थित महेश्वरी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हिरा पुनले आपूर्ति गर्ने संस्थाबाट पर्याप्त मात्रामा मल नदिइँदा गाउँमा किसानलाई मल पु¥याउन नसकिएको बताउँछन् ।

उनका अनुसार खेतीको समय भइसक्दा पनि धेरै किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको बताउँछन् । तर कृषि सामग्रीको घोराही शाखाका प्रमुख टोपाराम गौतम भने जिल्लामा मल आइरहेकाले समस्या नभएको बताउँछन् कृषि सामग्री कम्पनी लिमिटेडबाट घोराही, तुलसीपुर र लमही शाखाबाट बुधबारसम्म ११ हजार दुई सय ९६ मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

जस अनुसार युरिया छ हजार सात सय १५ मेट्रिक टन, डिएसपी चार हजार दुई सय ५० मेट्रिक टन, पोटास तीन सय २९ मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । जसमा कृषि सामग्री कम्पनी लिमिटेड घोराहीबाट दुई हजार पाँच सय १९ मेट्रिक टन युरिया, एक हजार पाँच सय पाँच मेट्रिक टन डिएसपी र एक सय ३३ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको छ ।

तुलसीपुर शाखाबाट दुई हजार चार सय ४७ मेट्रिक टन युरिया, एक हजार आठ सय ४७ दशमलव ९५० मेट्रिक टन डिएसपी, ७२ दशमलव पाँच मेट्रिक टन पोटास, लमही शाखाबाट एक हजार सात सय ४९ दशमलव २५० मेट्रिक टन युरिया, आठ सय ४७ दशमलव आठ सय ५० मेट्रिकटन डिएसपी र एक सय २४ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको तथ्याङ्क छ ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत युरिया ६५ हजार पाँच सय ८७ वोरा युरिया डिएसपी ५६ हजार तीन सय सात बोरा र पोटास एक हजार आठ सय ८७ बोरा बिक्री भएको छ । अहिले पनि मल वितरणको कार्य जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए ।

ADVERTISEMENT

जिल्लामा ६५ हजार हेक्टर क्षेत्रफलमा कृषि हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष धान खेती ३७ हजार दुई सय २० हेक्टरमा हुने अनुमान छ । कार्यालयका अनुसार जिल्लामा वार्षिक कम्तीमा १७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । १० हजार मेट्रिक टन युरिया र सात हजार मेट्रिक टन डीएपी खपत हुने गरेको विगतको तथ्याङ्क छ । तर किसानले धेरै उब्जनी हुने सोचेर अत्यधिक मल प्रयोग गर्ने प्रवृत्ति बढेको हुँदा रासायनिक मलको माग बढ्दै गएको उनी बताउँछन् ।

Share150Tweet93SendShare
Previous Post

मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

Next Post

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?