ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

News Desk by News Desk
७:२८ बिहान, असार ३०, २०८१
शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
कोहलपुर नगरपालिका शैक्षिक सत्र २०८० को अन्त्यतिर निकै चर्चामा रह्यो । धेरैको ध्यान यसले तान्यो । कारण थियो, शिक्षा क्षेत्रमा चालिएको कदम, परीक्षा प्रणालीमा गर्न खोजिएको सुधार । यो कदमपछि कति झस्किए, कतिको वास्तविकता पर्दाफास भयो, कतिपय त भुंग्रोमा परे । तर, यसले कोहलपुरको शिक्षा क्षेत्र सुधारमा आशाको दियो बालिदिएको छ ।

कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्य बताउँछन् । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुरुप गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति ब्यवस्थापन, विषयगत शिक्षक पूर्ति, अयोग्य शिक्षकहरुको बहिर्गमन, मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरु थालिएको छ ।

अभिभावकले ढुक्क भएर कोहलपुरका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख आचार्यको भनाइ छ । “हामीले एकाएक कदम चालिरहँदा केही अप्ठेरो जस्तो, केही भ्रम परे जस्तो देखिए पनि भविष्यमा कोहलपुरको शैक्षिक उन्नयनमा यो कोशेढुंगा सावित हुनेमा दुई मत छैन,” आचार्य भने–“कोहलपुरमा पढाईका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य हो ।”

परीक्षा प्रणालीमा बेथितिको जालो तोडिदिएको आचार्यको दाबी छ । चालू आर्थि बर्षमा कोहलपुर नगरपालिकाले थुप्रै कामहरु गरेको छ । शिक्षा अधिकृत शिला गौतमका अनुसार शिक्षण सिकाई सहजकर्ता कार्यविधि निर्माण गरी ४५ जना शिक्षण सिकाई सहजकर्तालाई विषयगत रुपमा व्यवस्थापन गरिएको छ । दुई वटा विद्यालयको स्तरोन्नति गरी नमुना विद्यालय बनाइएको छ । कोहलपुर २ प्रेमनगरस्थित शिवशक्ति आधारभूत विद्यालय र वडा नम्बर १४ को सिर्जना प्राथमिक विद्यालयलाई नमुना विद्यालय बनाइएको गौतमले बताउनुभयो । छात्राहरुलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण कार्यक्रम कार्यान्वयन भएको छ ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा बायोमेट्रिक हाजिरी जडान गरिएको छ । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारको बाल विकास केन्द्रलाई स्तरोन्नति गरिएको र ९ वटा विद्यालयहरुलाई बालमैत्री विद्यालय निर्माण गरिएको शिक्षा अधिकृत गौतमले बताउनुभयो । कृष्ण माध्यमिक विद्यालय कोहलपुर १ कौशिलानगर, सिद्धार्थ माध्यमिक विद्यालय कोहलपुर ५ रझेना, बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर १३ भरैया, नेपाल रािष्ट्रय आधारभूत विद्यालय कोहलपुर ७ लखनवार, हिमालय मदरसा गरिब नवाज कोहलपुर ३, विद्याज्योति प्राथमिक विद्यालय कोहलपुर १२, राधाकृष्ण प्राथमिक विद्यालय कोहलपुर १४, सृजना बाल प्राथमिक विद्यालय कोहलपुर १४ र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कोहलपुर १३ सिमरीलाई बालमैत्री विद्यालय निर्माण गरिएको हो । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा वाइफाई जडान गरिएको छ ।

विद्यालयहरुमा फिल्टरसहितको शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । शिक्षा अधिकृत गौतमका अनुसार चालू आर्थिक बर्षमा ४ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । ज्ञानज्योति मावि बगिया, नेपाल राष्ट्रिय आवासीय विद्यालय चटार, नेपाल राष्ट्रिय आवासीय विद्यालय चन्नहवा र शिवशक्ति आवासीय विद्यालय प्रेमनगरमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो । राम्रो काम गर्ने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

६ वटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मी मावि, कृष्ण मावि, त्रिभुवन मावि, राम मावि र ज्ञानज्योति मावि र सगरमाथा ज्ञानपुञ्ज माविमा सिसिटिभी क्यामेरा जडान गरिएको गौतमले जानकारी दिनुभयो । क्ष्भ्ःक्ष्क् तथ्यांकका आधारमा विद्यालयहरुमा रकम निकासा गरिएको छ । यस्तै माध्यमिक र आधारभूत तह स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिएको छ ।

ADVERTISEMENT

मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता र उपमेयर कप महिला क्रिकेट प्रतियोगिता समेत सम्पन्न भएको छ । शिक्षा अधिकृत गौतमका अनुसार दिवा खाजा कार्यक्रम पनि कार्यान्वयन गरिएको छ । शिक्षकहरुलाई सूचना प्रविधि क्षमता विकास तालिम समेत प्रदान गरिएको छ ।

Share151Tweet94SendShare
Previous Post

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

Next Post

नेपालगञ्ज उपमहानगरको आगामी आवको बजेट पारित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ५० करोड बजेट प्रस्तुत

नेपालगञ्ज उपमहानगरको आगामी आवको बजेट पारित

लुम्बिनीः प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

लुम्बिनीः प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

दाङमा सर्पको टोकाइबाट एक वर्षमा १० जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?