ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपराध अनुसन्धानमा खटिएका प्रहरीको नजर नाकामा : तस्करसँग मिलेर लाखौँ असुल्दै सादा पोशाकका प्रहरी

News Desk by News Desk
१२:०८ मध्यान्ह, भदौ १८, २०८१
अपराध अनुसन्धानमा खटिएका प्रहरीको नजर नाकामा : तस्करसँग मिलेर लाखौँ असुल्दै सादा पोशाकका प्रहरी
398
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके भदौ १८ गते ।
चैत १७, २०८० मा नेपालगन्ज उपमहानगरपालिका २१ विर्ताका अरबी खाँको विभत्स तरिकाले हत्या भयो । बाँके प्रहरीले उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन नसकेपछि प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सिआइबी) लाई गुहार्यो । तर सिआइबीले समेत हत्यामा संलग्नलाई फेला पार्न नसकेर फर्कियो ।

त्यसकै अनुसन्धानका लागि बाँके प्रहरीले प्रहरी हवल्दार अतिस खाँको नेतृत्वमा अर्को अनुसन्धान टोली परिचालन गर्यो । सादा पोशाकमा परिचालन भएको यो टोलीले पनि कुनै लछारपाटो लगाउन सकेन ।

अनुसन्धानमा फेल भएपछि अतिस खाँको टोली अनुसन्धानलाई थाँती राखेर नाकामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यो प्रहरी टोलीलाई सादा पोशाकमा रहेर शुक्ष्म तरिकाले अनुसन्धान गर्ने जिम्मेवारी बाँके प्रहरीले दिएको थियो । तर खाँ नेतृत्वको टोली आफूले पाएको अधिकार दुरुपयोग गरि तस्करसँग पैँसा उठाउन आफ्नो शक्ति लगाएको छ ।

सोही घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक हवल्दार कलिम बेहनालाई प्रहरी हेडक्र्वाटरले पठाएको आफूलाई जानकारीमा आएको लुम्विनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर कडायतले अनलाईन खोजखवरसँग बताए । उनले अरबी खाँ हत्याको अनुसन्धान गर्न प्रहरी हवल्दार बेहनालाई अरबी खाँ हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले दाङलाई पत्र पठाएको हुनसक्ने बताए । ‘प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई पत्र पठाएर अनुसन्धान गर्न पठाएको छ भन्ने सुनेको छु । लुम्विनी प्रदेश प्रहरीलाई यस विषयमा कुनै जानकारी छैन, प्रधान कार्यालय सिधै पठाएका प्रहरीको बारेमा प्रदेश कार्यालयलाई जानकारी हुँदैन,’ उनले भने, ‘उसले कुनै गलत काम गरेको प्रमाण दिनुस हामी कारवाही गछौँ ।’

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

उनलाई अनुसन्धानका लागि बाँके पठाइए पनि उनी अहिलेसम्म घटनास्थल र पीडित परिवारसँग भेट्घाट नगरेको पीडितले बताएका छन् । नेपालगन्ज आएदेखि बेहना पनि असुली धन्दामा लागेका छन् । उनले भारतीय सुन ब्यापारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर तीन लाख रुपैयाँ लिएको पीडितले गुनासो गरे । ति ब्यापारीले टेलिफोनमा कुरा गर्दै भने, ‘भारतबाट नेपालगन्ज आउँदै थिएँ । ट्राफिक चोकमा रहेका बेहना र उनका साथीले गाडी रोकेर नियन्त्रणमा लिए ।

ट्राफिक चोकको पूर्वतर्फ एकान्त ठाउँमा लगेर गाडी चेकजाँच गरे । मसँग भएको तीन लाख रुपैयाँ खोसेर लगे । बाहिर कसैलाई भने फसाउने धम्की समेत दिए । मैले जिल्ला प्रहरी कार्यालय लैजान उनीहरुसँग भने, तर उनीहरुले जिल्ला प्रहरी कार्यालय गए झनै समस्या हुने भन्दै फिल्डमै कुरा मिलाउनु पर्ने भन्दै दवाव दिए ।’

यो घटनाको प्रमाण अनलाइन खोजखवरसँग सुरक्षित राखिएको छ । स्रोतले दिएको जानकारी अनुसार तीन लाख लुटिएको घटनामा घुमुवा प्रहरी हवल्दार अतिस खान र प्रहरी जवान वीरबहादुर ताउले समेतको संलग्नता रहेको स्रोतको दावी छ ।

ADVERTISEMENT

२८ असार, २०८१ बेलुका नेपालगन्ज उपमहानगरपालिका ११ सदरलाइनमा ठेलामा व्यापार गरेर गुजारा गर्दै आएका ३८ वर्षीय इरसाद राईको धारिलो हतियार प्रहार गरेर हत्या भयो । स्कुटरमा आएका व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेर फरार भए । तर, अहिलेसम्म मुख्य हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उक्त घटनाको अनुसन्धानमा पनि बाँके प्रहरी चुकेको छ ।

अनुसन्धानका लागि खटिएका सादा पोशाकका प्रहरीहरु आफ्नो जिम्मेवारीबाट पञ्छिदा अपराधिक घटनामा संलग्नहरु खुलेआम हिड्न पाएका छन् । यी हत्याका दुईवटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसक्दा पीडित परिवार आफूलाई थप पीडा भएको गुनासो गरेका छन् । ‘अपराधि फेला नपर्दा पीडितमाथि झनै पीडा थपिएको छ ।

हत्यामा संलग्नहरु खुलेआम हिड्दा थप असुक्षित महसुस भएको छ,’ अरबी खाँकी आमा राविया खाँले भनिन्, ‘अनुसन्धानका लागि सादा पोशाकमा खटाइएका प्रहरी सम्बन्धित ठाउँमा नआएर नाकामा भेटिन्छन् । अव त हत्यारा पत्ता लाग्ला भन्ने आशा पनि मरिसकेको छ ।’
मृतक खाँका पिता करम खाँले घटनास्थलमा रगतले लत्पतिएको एउटा सर्ट फेला परेपनि सो सर्ट भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि मुद्धा नचलाएर त्यसै छाडेको उनले गुनासो गरे । ‘हामीले हत्यारा त्यहि ब्यक्ति हो भनेर भन्दासमेत प्रहरीले कारवाही प्रक्रिया अगाडी नबढाउँदा प्रहरी माथि आशंका उब्जिएको छ,’ उनले भने ।

हत्यारा पत्ता नलाग्दा खाँ परिवार चैनसँग खान र सुत्न सकेको छैन । आमा राविया खाँ छोराको वियोगमा घरिघरि रुन्छिन् । ‘परिवारमा न त कोही राम्रोसँग खाना खान्छन् न त कोही काममा नै जान्छन् । निदाउन पनि सक्दैनौँ,’ उनले भनिन् ।

घरका मुखिया राईको हत्या भएसँगै उनकी पत्नी मुन्नी राईमाथि ठुलो संकट आइलागेको छ । पाँच सन्तानकी आमा मुन्नीले हत्यारा पक्राउ गर्न आन्दोलन समेत गरिन् । हत्यारालाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन उनले पटक–पटक बाँके प्रहरीलाई गुहारिन् । तर, प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । ‘हत्यामा संलग्नलाई पक्राउ नपर्दा शान्ति मिलेको छैन,’ उनले भनिन् ।

उता, प्रहरीले भने दुवै घटनाका हत्यारा पत्ता लगाउन कुनै पनि कसर बाँकी नराखेर काम गरिरहेको दावी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अरबी खाँको घटनामा सिआईबीले एक महिना लगाएर अनुसन्धान गरेको दावी गर्दै आएको छ ।
घटनास्थलको अनुसन्धान र अन्य विभिन्न अनुसन्धानबाट घटनाका संदिग्धको पहिचान भइसकेको बाँके प्रहरीले जनाएको छ । भारतमा समेत प्रहरी पठाएर खोजी भइरहेको बताउँदै बाँके प्रहरीले संदिग्ध पक्राउ परेपछि वास्तविक हत्यारा पत्ता लाग्ने स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल प्रहरीको नाममा घुमुवाको असुली धन्दा, भारतीय नागरिकसँग तीन लाख लुटेको आरोप

Share159Tweet100SendShare
Previous Post

बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सम्पन्न

Next Post

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला
समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

४:०७ बिहान, जेष्ठ २, २०८२
राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने
समाचार

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

१२:०० बिहान, जेष्ठ २, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
समाचार

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

१२:०० बिहान, जेष्ठ २, २०८२
कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा
समाचार

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

१२:०० बिहान, जेष्ठ २, २०८२
हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई
मुख्य समाचार

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

२:०३ मध्यान्ह, जेष्ठ १, २०८२
फोहोरबाट टायल उत्पादन
समाचार

फोहोरबाट टायल उत्पादन

१२:०० बिहान, जेष्ठ १, २०८२
बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर
समाचार

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

१२:०० बिहान, जेष्ठ १, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

११:५८ मध्यान्ह, बैशाख ३०, २०८२
Next Post
यी प्रदेशमा हुनेछ आज भारी वर्षा

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा

खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै

खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण सुरु

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
39°
Sunny
5:27 am7:02 pm +0545
Feels like: 39°C
Wind: 18km/h W
Humidity: 22%
Pressure: 998.98mbar
UV index: 0
FriSatSun
40/27°C
38/27°C
37/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?