बाँके, भदौ २३ गते ।
जेनजी शहीद स्मृति दिवसका अवसरमा श्रम संस्कृति पार्टी बाँकेले नेपालगन्जस्थित बीपी चोकमा दीप प्रज्वलन गरेको छ ।
२०८२ भदौ २३ र २४ गते देश र जनताका लागि जीवन अर्पण गरी सहादत प्राप्त गरेका जेनजी शहीदहरूको सम्झनामा कार्यक्रम आयोजना गरिएको पार्टीका संगठन प्रमुख राजन राना मगरले बताए । “जेनजी शहीदहरूको बलिदानलाई हामीले सधैँ सम्झनुपर्छ । उहाँहरूको त्याग र योगदानलाई सम्मान गर्दै देश र जनताको पक्षमा काम गर्नुपर्छ,” उनले भने ।
यसैगरी, श्रम संस्कृति पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पनि दीप प्रज्वलन गरेको छ । कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । “बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । पीडित परिवारको दुःखमा हाम्रो साथ छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” उनले भने ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता इम्तियाज राई, कस्मिरा खातुन, प्रदेश सह–कोषाध्यक्ष राचरण चौधरी, प्रदेश सह–प्रवक्ता जनक पहराई मगर, प्रदेश सदस्य ज्योति परियार, प्रदेश सदस्य दिनेश गुरुङलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
त्यस्तै, बाँके जिल्ला उपाध्यक्ष मेघराज सुनार, सचिव डन्डप्रसाद शर्मा, सह–सचिव घुरीलाल थारू, कोषाध्यक्ष दिलबहादुर थापा मगर, सल्लाहकार अशोक चौधरी, जिल्ला सदस्यहरू जगमाया विक, सीता बन्जाडे, माया थापालगायत सहभागी थिए ।










Discussion about this post