ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

विरामी बढ्दै गएपछि बाँकेमा औलो रोगको जोखिम

News Desk by News Desk
१२:१३ बिहान, भदौ २७, २०८१
विरामी बढ्दै गएपछि बाँकेमा औलो रोगको जोखिम
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके भदौ २७ गते ।
बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएका हुन् । उनका अनुसार स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरु सङ्क्रमण भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरु बढी पाइएको हो ।

“पछिल्ला केहि वर्षदेखि जिल्लामा औलोका केसहरु बढ्दै गएको पाइएको छ, बाहिरबाट सङ्क्रमण भएर आएका आयातित बिरामीहरुमा यो रोग बढि पाइएको छ ।” फोकल पर्सन गौतमले भने, “हाम्रो गुणस्तरीय सेवा र प्रभावकारी सेवाका कारण पनि पछिल्लो समयमा धेरै केस पत्ता लागेको छ ।” “सङ्क्रमण भएर हाम्रो सम्पर्कमा आउनुभएका बिरामीहरुको घरमै पुग्छौं, तीन दिनभित्र बिरामीको घरमा गएर एक महिना अघिको ट्राभल हिस्ट्री लिन्छौं बिरामीको वरिपरि रहेका सबै समुदायको समेत रगत चेकजाँच गर्छौं ।” उनले भने, “समुदायमा केस बढ्ने वित्तिकै जोखिम त हुन्छनै, जोखिम न्यूनीकरण गर्नका लागि उच्च सङ्क्रमण भएका ठाउँलाई उच्च, मध्यम र न्यून जोखिम क्षेत्रमा वर्गीकरण गरेर रोकथामका लागि पहल गर्छौं ।” उच्च र मध्यम जोखिम क्षेत्रमा विषादीयुक्त झुल वितरण गर्ने, समुदायका सबैको रगत परीक्षण गर्ने तथा लामखुट्टे नियन्त्रणका लागि विषादी छिट्नेलगायतका कामहरु गर्दै आएको उनले बताए ।

बिरामीहरु सुरुमै सरकारी स्वास्थ्य संस्थामा चेकजाँच गराउन नआउनु, निजी क्लिनिक तथा अस्पतालहरुमा आफूखुसी जाँच गराउन जानु, आफूखुसी औषधीको प्रयोग गर्नु र सिरियस अवस्थामा मात्र औलो रोगको परीक्षण गराउनुले पनि नियन्त्रणमा समस्या देखिएको उनको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाका विभिन्न पालिकामा ५६ जना सर्वसाधारणलई औलो रोग पुष्टि भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७७÷०७८ मा ४२ जना, आर्थिक वर्ष २०७८÷०७९ मा १०६ जना, आर्थिक वर्ष २०७९÷०८० मा १२२ जना र गत आर्थिक वर्ष २०८०÷०८१ मा १६२ जना सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । तथ्याङ्क अनुसार विगत चार वर्षदेखि लगातार रुपमा औलो रोगका बिरामीहरु बढिरहेको पाइएको हो । गत आवमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा औलोका बिरामीहरु फेला परेका हुन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

नरैनापुरमा १३१ जना, राप्तीसोनारीमा नौ जना, डुडुवामा आठ जना, नेपालगञ्जमा सात जना, कोहलपुरमा तीन जना, बैजनाथ र खजुरामा दुई÷दुई जनामा औलो रोग पुष्टि भएको थियो । त्यसैगरी जानकीमा भने शून्य थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९÷०८० मा पनि नरैनापुरमा १०३ जना, नेपालगन्जमा १० जना, कोहलपुरमा चार जना, राप्तीसोनारी र खजुरामा दुई÷दुई जना, जानकीमा एक जनामा औलो रोग पुष्टि भएको थियो । त्यसैगरी उक्त आर्थिक वर्षमा डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो । नेपाल सरकारले औलो रोगलाई सन् २०२५ सम्ममा नेपालबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, औलो रोगीको संख्या बढ्दै जाँदा चुनौती देखिएको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त

Next Post

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
Next Post
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काँग्रेस–एमालेका कारण देशमा लुट्तन्त्र, कमिसनतन्त्र मौलाएको जसपा नेपाल अध्यक्ष उपेन्द्रको आरोप

काँग्रेस–एमालेका कारण देशमा लुट्तन्त्र, कमिसनतन्त्र मौलाएको जसपा नेपाल अध्यक्ष उपेन्द्रको आरोप

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

महाकाली नदी सर्तकता तहनजिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?