ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काँग्रेस–एमालेका कारण देशमा लुट्तन्त्र, कमिसनतन्त्र मौलाएको जसपा नेपाल अध्यक्ष उपेन्द्रको आरोप

News Desk by News Desk
९:११ बिहान, भदौ २७, २०८१
काँग्रेस–एमालेका कारण देशमा लुट्तन्त्र, कमिसनतन्त्र मौलाएको जसपा नेपाल अध्यक्ष उपेन्द्रको आरोप
441
सेयर
440
VIEWS
ShareTweetSendShare

बाँके भदौ २७ गते ।
काँग्रेस–कम्यूनिष्टका कारण देश बर्बादीको दिशामा धकेलिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् । जसपा नेपालले विहीबार नेपालगन्जमा आयोजना गरेको ‘जनतासँग जसपा नेपाल ः आधारभुत संगठन निर्माण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था नभएसम्म देशमा राजनीतिक अस्थिरता कायमै रहने जिकिर गरे । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था नभएकै कारण तीन–तीन महिनामा सरकार फेरबदल भइरहेको छ । संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था गरेमात्र वर्तमान राजनीतिक अस्थिरता हट्ने छ,’ उनले भने ।

प्रजातन्त्र पुनस्र्थापना भएको ३५ वर्षसम्म काँग्रेस–कम्यूनिष्टले शासन गरेको बताउँदै उनले ति दलका कारण देशमा लुटतन्त्र, कमिसनतन्त्र, घुसतन्त्र मौलाएको बताए । उनले पञ्चायति ब्यवस्थामा संचालनमा रहेका जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्योग, उदयपुर सिमेन्ट कारखाना लगायतका उद्योग, कलकारखाना काँग्रेस–कम्यूनिष्टले ध्वस्त बनाएको जिकिर गरे । ‘प्रजातन्त्र पुनस्र्थापना भएदेखि हालसम्म काँग्रेस–कम्यूनिष्टले शासन गरेर सरकारी स्वामित्वमा रहेका ठूला–साना उद्योग कलकारखाना बेचेर खाए,’ उनले भने, ‘यो अवधिमा काँग्रेस–कम्यूनिष्टले शासन गरेकोले देशको अर्थतन्त्र धरासायी भएको छ । यसको सम्पूर्ण जिम्मा यी दलले लिनु पर्छ ।’

निजीकरणको नाममा सरकारी स्वामित्वमा रहेका कलकारखानालाई निजीकरण गर्ने नाममा निजी क्षेत्रलाई मोटाउने काम गरेको उनको भनाई छ । सरकारी विद्यालय छन्, तर ति विद्यालयमा पढाई हुँदैन । सरकारी अस्पताल छन्, तर त्यहाँ चिकित्सक र औषधि पाइदैन । खेतीपाती गर्न चाहने किसानहरु रासायनिक मल नपाउने अवस्था छ,’ उनले भने, ‘काँग्रेस–कम्यूनिष्टकै कारण देश दलदलमा फस्दै गएको छ ।’

उनले सात प्रदेश अब्यवहारिक बताएको जिकिर गर्दै संविधान संशोधन गरेर मधेसी, जनजाति, दलित र अल्पसंख्यकको अधिकारी स्थापित गर्नुपर्ने धारणा राखे । ‘अहिलेको सात प्रदेश अब्यवहारिक छ । तराईका जिल्लालाई टुक्रयाएर प्रदेश बनाउने कार्य त्रुटीपूर्ण छ ।संविधान संशोधन गरि यसलाई सच्याउने बेला भएको छ,’ यादवले भने ।
उनले काँग्रेस–कम्यूनिष्टका कारण देशमा बेरोजगारी सिर्जना भएको उल्लेख गर्दै दैनिक १० हजार यूवा कामको खोजीमा विदेश पलायन भइरहेको दावी गरे । ‘काँग्रेस–कम्यूनिष्टका कारण देशका ७५ लाख यूवा खाडीमुलुक र अन्य देशमा भड्किन बाध्य भएका छन्,’ उनले भने ।

सम्बन्धित समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

उनले मधेस आन्दोलन, थरुहट, दलित, जनजाति आन्दोलनको मर्म विपरित काँग्रेस–कम्यूनिष्टले राज्य संचालन गरिरहेको आरोप समेत लगाए । उनले मधेसी, थारु, दलित, जनजाति आन्दोलनले दिएको उपलब्धि विपरित काँग्रेस–कम्यूनिष्ट अघि बढिरहे देशमा अर्को विद्रोह हुने ठोकुवा गरे । ‘मधेस आन्दोलन, थरुहट, दलित, जनजाति आन्दोलनले दिएको उपलब्धिको बेवास्ता गरिए त्यसबाट निम्तिने परिणामको जिम्मेवारी काँग्रेस–कम्यूनिष्टले लिनुपर्ने छ,’ पूर्व मन्त्री समेत रहेका अध्यक्ष यादवले भने ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय सचिव कमरुद्धिन राई, लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्ले, नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह, केन्द्रिय सदस्य बेबि तबस्सुम अन्सारी लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा जसपा नेपालका जिल्ला समिति र विभिन्न विभाग गठन समेत भएको जसपा नेपालका केन्द्रिय सचिव कमरुद्धिन राईले जानकारी दिए ।

ADVERTISEMENT
Share177Tweet110SendShare
Previous Post

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

Next Post

महाकाली नदी सर्तकता तहनजिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
Next Post
नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

महाकाली नदी सर्तकता तहनजिक

फत्तेबाल आँखा अस्पतालबाट २७ लाखले सेवा पाए

फत्तेबाल आँखा अस्पतालद्धारा पाँच सय बढीको निःशुल्क आँखा परीक्षण

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव, होला त असोज १२ मा चुनाव ?

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव, होला त असोज १२ मा चुनाव ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?