ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता

News Desk by News Desk
१२:४२ बिहान, अशोज ५, २०८१
खानेपानीका लागि कोहलपुरमा ९० लाखको ऋण सम्झौता
375
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज ५ गते ।
कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ । आयोजनाका लागि नगर विकास कोषका कार्यकारी निर्देशक राजेशकुमार र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालबीच ८९ लाख ७४ हजार रुपियाँको ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

कोहलपुरमा खानेपानी आयोजना विस्तार तथा मर्मत–सम्भारका लागि नगर विकास कोषसँग सम्झौता गरिएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले जानकारी दिए । उनका अनुसार संस्थाले सो रकमबाट खानेपानीका पुराना पाइपलाइन मर्मत, साना पाइपका ठाउँमा ठूला पाइप रिप्लेसमेन्ट, १७ किलोमिटर नयाँ पाइपलाइन विस्तार तथा डिप बोरिङ गाड्ने योजना बनाएको छ ।

‘‘कोहलपुरमा दिनानुदिन खानेपानीको माग बढ्दै गएको छ,’’ अध्यक्ष भुसालले भने, ‘‘निकै पुराना भइसकेकाले कतिपय पुराना पाइप पनि रिप्लेस गर्नुपर्ने अवस्था छ ।’’ उनले पुराना फुटेका र साना पाइप निकालेर ठूला पाइप बिछ्याइने बताए । यसअघि पनि संस्थाले नगर विकास कोषसँगै ऋण लिएर कोहलपुरमा खानेपानी विस्तार तथा मर्मत–सम्भार गर्दै आएको थियोे । आयोजनाले कोषलाई यसअघिकै ऋणबापतको सावाँ र ब्याजबापत तिर्नुपर्ने करिब सवा ६ करोड रुपियाँ तिर्न अझै बाँकी छ ।

फेरि पनि कोषले संस्थासँग पुनः ऋण सम्झौता गरेको छ । ऋण सम्झौतामा कोहलपुर नगर कार्यपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य जमानत बसेका छन् । प्रमुख आचार्यले जमानतकर्ताको रूपमा सम्झौतापत्रमा हस्ताक्षार गरेका छन् । कोहलपुरका जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउने दायित्व नगरपालिकाको पनि भएकाले त्यसैका लागि काम गर्दै आएको संस्थामा नगरपालिकाका तर्फबाट आफू जमानी बसेको प्रमुख आचार्यले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजनाले कोहलपुर–११ टाउन प्लानिङस्थित खानेपानी कार्यालय परिसर र वडा नम्बर २ स्थित बुद्धविहार परिसरमा स्टेसन बनाएर कोहलपुरमा शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । पछिल्लो समयमा आएर कोहलपुरमा खानेपानीको सङ्कट गहिरिँदै गएको छ । सुक्खायाममा यहाँ दैनिक करिब ५० लाख लिटर खानेपानीको माग हुँदै आएको छ ।

वर्षायाममा माग पनि घट्ने र स्रोत पनि बढ्ने भएकाले पर्याप्त खानेपानी वितरण भइरहे पनि सुक्खा याममा भने मागको ५० प्रतिशत मात्र वितरण सम्भव देखिएको कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । सङ्घीय सरकारको सहरी खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ७० प्रतिशत अनुदान सहयोग र ३० प्रतिशत स्थानीय स्रोत परिचालन गरी संस्थाले खानेपानी विस्तार तथा मर्मत–सम्भारको काम गर्दै आएको छ ।

ADVERTISEMENT
Share152Tweet93SendShare
Previous Post

लुम्बिनीमा युवा परिषद्का लागि १ करोड बजेट स्वीकृत

Next Post

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

७ गतेदेखि नेपालगन्जमा सुपथ मूल्य पसल

फस्टाउँदै माटोको भाँडा बनाउने ब्यवसाय

फस्टाउँदै माटोको भाँडा बनाउने ब्यवसाय

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै : यस्तो रहनेछ आजको मौसम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?