ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

News Desk by News Desk
१०:११ मध्यान्ह, मंसिर १४, २०८१
बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १५ गते ।
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका किसानहरुको समस्या बुझ्नका लागि किसान कै खेतबारीमा कृषि प्राविधिक सहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र कार्यालयमार्फत् कृषक प्राविधिक भेटघाट कार्यक्रम अन्तर्गत बाँकेका किसानहरुसँग भेटघाट सुरु गरिएको कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाका डुडुवा गाउँपालिका वडा नम्बर २, नरैनापुर गाउँपालिका २ र ६ का कृषकका खेतबारीमै पुगेर उनीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकरी दिए । “प्रदेश मै पहिलोपटक प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाका किसानहरुको खेतबारी र घरघर मै पुगेर उहाँहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरी उहाँहरुका समस्याहरु बुझ्ने काम गरिरहेका छौँ,” अधिकृत पाठकले भने, “अघिल्ला वर्षहरुमा पनि किसानसँग जाने गरिए पनि औपचारीक रुपले सरकारले घोषणा गरेको कार्यक्रम यो पहिलो हो, बाँकेमा तीन स्थानका किसानहरुसँग पुगेर उहाँहरुका समस्याका बारेमा जानकारी लिएका छौँ ।”

किसानहरुसँग छलफल गरेर उहाँहरुका गुनासा तथा समस्याहरु बुझेर कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र अन्य जटिल समस्याहरु समाधानका लागि कृषि अनुसन्धान केन्द्रमा सुझावसहित पठाइने गरेको उनले बताए । “स्थलगत रुपमा फिल्ड मै पुगेर किसानसँग भेटघाट तथा छलफल गर्ने, समस्याहरु पहिचान गर्ने र कार्यालयले समाधान गर्न सक्ने समस्या समाधान गरिदिने र जटिल खालका समस्याहरु देखिएमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाउने गरेका छौँ,” पाठकले भने, “दूरदराजमा रहेका किसानहरुसँग भेटघाट छलफल गरेर उहाँहरुका समस्या समाधानका लागि यो कार्यक्रम उपलब्धीमूलक हुने विश्वास लिएका छौँ ।”

किसानका घरखेत मै पुगेर किसानसँग दोहोरो संवाद र छलफल हुँदा किसान पनि प्रोत्साहित हुने र आवश्यक जानकारी प्राविधिकसँग लिन सक्ने तथा किसानका समस्या कार्यालयले प्रत्यक्षरुपमा देख्न र बुझ्न सक्ने हुँदा त्यहाँबाट प्राप्त हुने विषयहरुलाई आगामी योजना बनाएर कार्यान्वयन गर्न सजिलो हुने हुँदा यो कार्यक्रम प्रभावकारी हुने देखिएको पाठकको भनाइ छ । केहि दिन अगाडिबाट सुरु गरिएको अभियान अन्तर्गत हालसम्म डुडुवा २ कोलहीका किसान, नरैनापुर २ स्थित चुरे बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसान र वडा नम्बर ६ स्थित सन्तानेश्वर कृषि समुहका किसानसँग छलफल गरि किसानका समस्याहरुका बारेमा जानकारी लिइएको पाठकले बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

बाँकेमा ४४ प्रतिशत रोपाइँ

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

समयमा मलको अभाव हुने, माटो परीक्षण शिविर नियमित रुपमा हुनुपर्ने, बीउँ उत्पादनका लागि बोरा सिलाउने मेशिनको आवश्यकता, चिस्यान मापन यन्त्र, भण्डारणका लागि गोदाम घर, विभिन्न रोग किराको प्रकोप, सिचाइँको अभाव तथा डुवान क्षेत्रलगायतका समस्याहरु पाइएको उनले जानकारी दिए ।

भेटघाटका क्रममा किसानहरुलाई आवश्यक सल्लाह सुझाव तथा प्राविधिक प्रकाशन (पर्चा, पम्प्लेट तथा ब्रोसर) वितरण गरिएको र किसानका समस्याहरुका बारेमा सुझावसहित कृषि अनुसन्धान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १२ वटा कार्यक्रममध्ये तीन वटा कार्यक्रम गरिएको र बाँकी नौ वटा कार्यक्रम आवश्यकताका आधारमा जिल्लाका अन्य स्थानमा सञ्चालन गरिनेछ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

चार वर्षमा पुलको जगसमेत बनेन

Next Post

आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
Next Post
आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा हेमोफेलियाका बिरामीका लागि सेवा सुरु

नेपालगन्ज भन्सार कार्यालयको यात्रु आगमन कक्षमा राखिएको लगेज स्क्यानर मेसिन किन चल्दैन ?

नेपालगन्ज भन्सार कार्यालयको यात्रु आगमन कक्षमा राखिएको लगेज स्क्यानर मेसिन किन चल्दैन ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 90%
Pressure: 1001.02mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?