ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

News Desk by News Desk
१०:१७ मध्यान्ह, मंसिर १४, २०८१
आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा
383
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १५ गते ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले पहिलोपटक ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको आयोजना गरिएको छ । आज शनिबार बाँके राष्ट्रिय निकुञ्जमा ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा गरिन लागिएको हो । साइकल यात्राको आयोजना राँझास्थित नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षार्थ खटिएको रणबम गणले संयुक्त रूपमा गरेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले नेपालकै कान्छो निकुञ्जका रूपमा स्थापित बाँके निकुञ्जको पर्यापर्यटन प्रर्बद्धन गर्नका लागि साइकल यात्राको आयोजना गरिएको बताए । ‘नेपालकै कान्छो निकुञ्जका रूपमा स्थापित बाँके निकुञ्जको व्यापक प्रचारप्रसार गरेर यहाँको पर्यापर्यटनलाई संसारभर चिनाउनका लागि ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको आयोजना गरिएको हो,’ उनले भने, ‘यो कार्यक्रम निकै फलदायी हुने अपेक्षा गरेका छौँ, कार्यक्रममार्फत् व्यापक प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउनेछौँ ।’

निकुञ्जको पर्यापर्यटन र संरक्षणका लागि नेपाली सेना र निकुञ्ज कर्मचारी अस्थायी भएको भन्दै मुख्य रूपमा यहाँकै स्थानीयको सहभागिता महत्वपूर्ण रहने उनले बताए । ‘हामी त अस्थायी हौँ, यहाँको सम्पत्ति यहीँकै स्थानीयको हो, उहाँहरूको अग्रसरबिना यसलाई सफल बनाउन सकिँदैन, सबै सरोकारवाला पक्ष र स्थानीयको सहभागिता र संयुक्त प्रयासमा यसलाई सफल पार्न सकिन्छ,’ उनले अगाडी थपे ।

श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत् व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा गरिन लागेको बताए । ‘बाँके राष्ट्रिय निकुञ्ज हाम्रै जिल्लाभित्र छ, कताकता ओझेलमा परेको जस्तो अनुभव हुने गरेको छ, यही निकुञ्ज भएर हजारौँ पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्,

सम्बन्धित समाचार

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

निकुञ्जसँग जोडिएकै कोहलपुरमा सुविधासम्पन्न होटलहरू छन्, नेपालगन्जमा छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ,’ उनले भने, ‘प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवद्र्धन गरी संसारभर पुराउने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ शनिबार बिहान ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ, यसको सम्पूर्ण तयारी पूरा भएको छ ।’ निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि र प्रमोशन गर्नका लागि ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्जभित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरि रणबम गण हेडक्वार्टर ओभरी पुगेर समाप्त हुनेछ ।

बच्चापुर, बाघसाल मध्यवर्ती सामुदायिक वनक्षेत्र, आँपखोली मध्यवर्ती सामुदायिक वनक्षेत्र, निकुञ्जको कोर एरिया जलसेनी, चौकाफाँटा, कालीखोला, तारादेवी मध्यवर्ती सामुदायिक वनक्षेत्र हुँदै १ नम्बर वनपथ भएर ओभरीस्थित रणबम गणको हेडक्वार्टरमा पुगेर समापन हुने साइकल यात्राको सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले बताए ।

बाँके साइकल संघका अध्यक्ष गगन थापाले साइकल संघको समन्वयमा साइकल यात्रा हुन लागेको जानकारी दिए । ‘टुर दि बाँके नेशनल पार्क’मा महिलासमेत गरी ९० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको उनले दाबी गरे । उनका अनुसार साइकल यात्रामा बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका साइक्लिस्टहरू सहभागी हुनेछन् ।

ADVERTISEMENT

बाँके निकुञ्जमा पाइने पाटेबाघ र अति दुर्लभ तथा संरक्षित जनावर चौकाको फोटो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको छ । ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुंगी, ताल तलैया जलाशय, जडिबुटी, वनजंगल, बोटबिरुवालगायतको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन् ।

Share155Tweet95SendShare
Previous Post

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

Next Post

भेरी अस्पतालमा हेमोफेलियाका बिरामीका लागि सेवा सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २७, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २५, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:०० बिहान, मंसिर २३, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

११:३२ मध्यान्ह, मंसिर २१, २०८२
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा हेमोफेलियाका बिरामीका लागि सेवा सुरु

नेपालगन्ज भन्सार कार्यालयको यात्रु आगमन कक्षमा राखिएको लगेज स्क्यानर मेसिन किन चल्दैन ?

नेपालगन्ज भन्सार कार्यालयको यात्रु आगमन कक्षमा राखिएको लगेज स्क्यानर मेसिन किन चल्दैन ?

उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:54 am6:10 pm +0545
Feels like: 24°C
Wind: 14km/h WSW
Humidity: 47%
Pressure: 1011.85mbar
UV index: 4
MonTueWed
27/12°C
28/13°C
29/14°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?