ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिसो बढेसँगै जाजरकोटका भूकम्पपीडितको बिचल्ली

News Desk by News Desk
१२:५८ बिहान, पुस २९, २०८१
चिसो बढेसँगै जाजरकोटका भूकम्पपीडितको बिचल्ली
422
सेयर
417
VIEWS
ShareTweetSendShare

जाजरकोट पुस २९ गते ।
चिसो बढेपछि जाजरकोटका भूकम्पपीडितको बिचल्ली भएको छ । पुनर्निर्माणको पर्खाइमा एक वर्षदेखि टहरामुनि बसेका पीडितलाई पुसको चिसो तुषारो र जाडोले ज्यान जोगाउनसमेत मुस्किल भएको छ । पुस महिनाको चिसो सिरेटो छल्ने न्यानो बास नहुँदा टहरामुनि गरिब, विपन्न, वृद्धवृद्धा, गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी समस्यामा परेका छन् ।

सरकारले पुनर्निर्माण गरिदिए घर बनाउने आशामा बसेका पीडित वर्षामा पानीले र हिउँदमा जाडोले बिचल्लीमा परेका छन् । भेरी नगरपालिका–१, रावतगाउँकी दिवसा विकले सुत्केरी अवस्थामा मिठो मसिना खाना त परको कुरा, सात महिनाको बच्चालाई कसरी चिसोबाट जोगाउने भन्ने चिन्ताले सताउन थालेको बताइन् ।

एउटा दुई वर्ष र अर्को सात महिनाका छोराको स्वास्थ्यप्रति ख्याल गरे पनि टहरामुनिको बसाइँमा पुसको चिसो सिरेटोले ज्यान जोगाउनै मुस्किल भएको पीडामा छिन् उनी । न्यानो आवास नहुँदा छाकको भन्दा रातको चिन्ता लाग्ने गरेको उनले सुनाइन् । चिसो बढ्दै गएपछि आफूभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न समस्या भएको गुनासो उनले गरिन् । सोही गाउँकै गीता विकका अनुसार श्रम रोजगारीले छाक टारेको बेला गत वर्षको भूकम्पले घरबारविहीन बनाइदिएपछि विचल्ली भएको छ ।

पोषणयुक्त खाना र न्यानो बास नपाउँदा चिसोका कारण सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रतिकूल बन्दै गएको छ । सुत्केरी कृष्णा नेपालीले सरोकारवाला निकायले ध्यान नदिँदा पुसको चिसोमा टहरामुनि शीतको थोपासँगै रात कटाउनु परेको बताइन् । भूकम्प गएको करिब १५ महिना बित्न थाले पनि सरकारले पुनर्निर्माण सुरु नगर्दा पुसको चिसोबाट बच्न मुस्किल भएको उनको भनाइ छ । गत वर्षको भूकम्पले धनजनको बढी क्षति नलगाड नगरपालिका र भेरी नगरपालिकामा गरेपछि सोही क्षेत्रका पीडितले दोस्रो किस्ता पाउन सकेका छैनन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

भेरी नगरपालिका–१, रावतगाउँ, कोल्चौर, मेदै, पिपे, रिम्नागाउँ, नलगाड नगरपालिका–१ चिउरी, पाली, कल्पतलगायतका गाउँबस्तीमा गरिब, विपन्न, दलित, जनजातिको बाहुल्यता छ । पीडितले घर बनाउन नसकेपछि टहरामुनि बसेका छन् । केही दिन यता अत्यधिक चिसो बढेपछि सुत्केरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई ज्यान जोगाउन मुस्किल भएको छ । सरकारले समयमा भूकम्पपीडितको न्यानो आवास निर्माणमा ध्यान नदिए चिसोका कारण सुत्केरी आमा, नवजात शिशुलाई निमोनिया हुने खतरा बढेको छ ।

प्रमुख जिल्ला अधिकार मेखबहादुर मङ्ग्रातीले पुनर्निर्माणसम्बन्धी सरकारले कार्यविधि निर्माण गरेकाले छिट्टै पुनर्निर्माणको तयारीमा जुट्ने बताए । उनले भूकम्पपीडित लाभग्राहीको दोस्रो किस्ता रकम वितरण गर्न स्थानीय तहलाई आग्रहसमेत गरे । सरकारले तत्काल अस्थायी आवास निर्माणका लागि दिएको २५ हजार रुपियाँ अनुदानबाट दोस्रो किस्ता पाएपछि दिने सर्तमा साहुबाट कर्जा लिएर बनाएको शीत तप तप चुहिने टहरामुनि पीडितले रात बिताउँदै आएका छन् ।

बारेकोट गाउँपालिकाले दोस्रो किस्ताको रकम भुक्तानी गरेको छ । भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकाले दोस्रो किस्ताको रकम भुक्तानी प्रक्रिया ढिलासुस्ती गरेपछि घरमा साहु रकम लिन आउँदा शीतले भिजेका बिस्तारा छोडेर भाग्नुपर्ने अवस्था आएको पीडित बताउँछन् ।

ADVERTISEMENT
Share172Tweet104SendShare
Previous Post

लुम्बिनीको स्वास्थ्य, पूर्वाधार र योजनामा सुधारको प्रयास

Next Post

ट्यांकरको ठक्करबाट दई जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

ट्यांकरको ठक्करबाट दई जनाको मृत्यु

आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशमा कर्मचारीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?