ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पेट्रोलियमको नमुना लिएर चीन फर्कियो टोली

News Desk by News Desk
१२:२६ बिहान, माघ ४, २०८१
पेट्रोलियमको नमुना लिएर चीन फर्कियो टोली
440
सेयर
439
VIEWS
ShareTweetSendShare

दैलेख माघ ४ गते ।
दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ । गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

विभागका भूगर्भविद् प्रकाश लुइटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको बताए । उनले दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई–दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षणपश्चात् सङ्कलन गरिएको नमुना लिएर टोली फर्किएको जानकारी दिए ।

उनले भने, “विज्ञले सङ्कलन गरेको दुई–दुई मिटरको गहिराइबाट प्राप्त भएको विवरणलाई सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन गर्न सङ्कलन गरिएको नमुना लिएर टोली चीन फर्किएको छ ।” नमुनालाई तातोपानी नाका हुँदै चीन पुर्याउन एउटा ट्रक अन्वेषण स्थल जलजलेबाट हिँडिसकेको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ सकिएपछि केसिङ र सिमेन्टको कामसमेत सकिएको भूगर्भविद् लुइटेलले बताए । उनले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको जानकारी दिए । नमुनाको विशिष्ट अध्ययन चीनमा हुने र त्यसका लागि तीन महिनाको समयपछि मात्र उत्खननका लागि आर्थिक विश्लेषण, भण्डारण तथा प्रशोधनको काम अगाडि बढाउन सकिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

ड्रिलिङका लागि आवश्यक उपकरणमध्ये पुनः प्रयोग हुने उपकरणबाहेक अन्य उपकरणलाई समेत पठाउने तयारी गरिएको छ । ड्रिलिङबाट सङ्कलन गरिएको नमुनाबाट प्राकृतिक ग्यासको सम्भावना बढी रहेको आयोजनाले जनाएको छ । गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङ असोज मसान्तसम्म सक्ने पेट्रोलियम अन्वेषण परियोजनाको लक्ष्य राखिएको भए पनि जमिनमुनि कडा चट्टान भेटिएका कारण पुससम्म लम्बिएको थियो ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चीन सरकारसँग सन् २०१९, फेबु्रअरी २८ मा सम्झौता भएको थियो । शुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङहाउस निर्माण गरी काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने भन्दै भूगर्भविद् लुइटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने जानकारी दिए ।

ADVERTISEMENT

चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जियोकेमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।

Share177Tweet110SendShare
Previous Post

लुम्बिनी प्रदेशसभाको बैठक आइतबार बस्ने

Next Post

बाँकेमा खाद्य संस्थानद्धारा ३२ हजार क्विन्टल धान खरिद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँकेमा खाद्य संस्थानद्धारा ३२ हजार क्विन्टल धान खरिद

बाँकेमा खाद्य संस्थानद्धारा ३२ हजार क्विन्टल धान खरिद

५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस

५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस

रााष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सांसद ढकाल सहभागी हुने

रााष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सांसद ढकाल सहभागी हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?