ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

News Desk by News Desk
११:२८ मध्यान्ह, माघ १८, २०८१
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

बर्दिया निकुञ्ज

417
सेयर
408
VIEWS
ShareTweetSendShare

बर्दिया माघ १९ गते ।
पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा त्यहाँ आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार बाघ अवलोकनका लागि प्रख्यात मानिने सो निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७९–८० को भन्दा गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०७ जना पर्यटक बढी आएका थिए । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो निकुञ्जमा अघिल्लो आर्थिक बर्ष २०७९–८० मा १६ हजार ७२२ नेपाली, ६ हजार ३८३ विदेशी र एक हजार २१९ सार्क मुलुकका नागरिकहरूले निकुञ्ज भ्रमण गरेका थिए ।

गत आर्थिक बर्ष २०८०–८१ मा १८ हजार १० जना नेपाली, छ हजार ६८४ जना विदेशी र एक हजार ४३७ जना सार्क मुलुकका गरी २६ हजार १३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए । निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली, विदेशी र सार्क मुलुकका पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजस्व संकलन पर्यापर्यटनबाट हुने गरेको तथ्यांकले पुष्टि गरेको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार हजार ५०० रुपियाँ पर्यापर्यटनबाट संकलन भएको बताउनुभयो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुने देखिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्षहरूको तुलनामा पर्यटकहरू र उनीहरूबाट संकलन हुने राजस्व दुबैमा वृद्धि भएको पाइएको छ ।

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

रोल्पा रुकुममा भूम्या पर्व रौनक

नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउनेक्रम बढेको निकुञ्जले जनाएको छ । सहजै बाघ हेर्न सकिने भएको हुनाले पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको जनाइएको छ । क्रमशः पर्यटकहरूको वृद्धि हुन थालेसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन् ।

कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तँग्रिदै गएको पर्यटन व्यवसायी मोहन चौधरीले बताए । निकुञ्ज घुम्न आएका पर्यटकहरूमध्ये अधिकांशले प्राकृतिक रूपमै बाघ हेरेर फर्कने गरेको उनको भनाइ छ । बाघ लगायत जंगली हात्ती, गैँडा, चितुवा, चित्तल, बाह्रसिङ्गा लगायतका जंगली जनावर सहजै र एकै दिनमा हेर्न सकिने भएको हुनाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

सो निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायतका ६१ प्रजातिका स्तनधारी वन्यजन्तु, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र ५१३ रैथानेसहित बसाइँसराई गरी आउने चराहरु रहेका छन् ।

ADVERTISEMENT
Share172Tweet102SendShare
Previous Post

कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Next Post

सीमावर्ती बजार धाउँदै दुव्र्यसनी र कारोबारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:०० बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:०० बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १८, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:०० बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १३, २०८१
मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न
कला/साहित्य

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न

७:१० बिहान, फाल्गुन १७, २०८१
आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन
कला/साहित्य

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

१२:०० बिहान, फाल्गुन १६, २०८१
Next Post
लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

सीमावर्ती बजार धाउँदै दुव्र्यसनी र कारोबारी

माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने

९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Partly Cloudy
5:21 am7:19 pm +0545
Feels like: 46°C
Wind: 5km/h SE
Humidity: 63%
Pressure: 998.98mbar
UV index: 4
SunMonTue
34/27°C
34/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?