ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

News Desk by News Desk
१०:२३ मध्यान्ह, फाल्गुन १४, २०८१
भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय
2.2k
सेयर
2.1k
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको भवन व्यवस्थापन प्रक्रिया रोकिँदा पुनः भाडा तिरेर कार्यालय सञ्चालन गर्न परेको छ । भाडाको घरमा रहेको यातायात कार्यालयलाई नेपालगन्जको उपयुक्त सरकारी भवनमा सार्ने प्रक्रिया थालिएको भएपनि बिचमै सो प्रक्रिया रोकिँदा पुनः भाडामै बस्नुपरेको छ ।

यातायात कार्यालयका लागि उपयुक्त सम्भावित स्थान खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाले कार्यदल बनाएको थियो । सो कार्यदलले उपयुक्त सम्भावित स्थानको खोजी गरी सुझावसहितको प्रतिवेदन उपमहानगरपालिका बोर्डमा पेस गरिसकेको छ । डेढ महिनाअघि नै कार्यदलले सुझावसहितको प्रतिवेदन पेस गरे पनि सो विषयमा थप प्रक्रिया अगाडि नबढ्दा कार्यालय व्यवस्थापनमा ढिलाई भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरेको बताउँदै माननीय मन्त्र ज्यूसँग यस विषयमा कुरा भएको र छिट्टै व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताए । ‘कार्यदलले नेपालगन्जमा रहेका सरकारी भवनमा कार्यालय सार्न सकिने सम्भावित स्थानहरूको विवरण बुझाएको छ, नगर प्रमुख बिष्टले भने, ‘माननीय मन्त्री ज्यूले असारसम्म कार्यालय व्यवस्थापन गर्ने भन्नुभएको छ ।’

यता भाडामा रहेको कार्यालयका लागि ठाउँ व्यवस्थापन हुन नसक्दा हाल कार्यालय सञ्चालनमा रहेको भवनमै रहने गरी पुनः सम्झौता गरिएको छ । यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख दिनेश सिंहले कार्यालयका लागि ठाउँ व्यवस्थापन नभएपछि हाल भएको भवनमा रहनेगरी पुनः सम्झौता गरिएको जानकारी दिए । कार्यालय रहेको भवनको घरबहाल सम्झौता पुष महिनामै सकिएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

‘कार्यालय सञ्चालनका लागि ठाउँ व्यवस्थापन भएको नभएको आफूहरूलाई आधिकारिक जानकारी आएको छैन, निमित्त कार्यालय प्रमुख सिंहले भने, ‘हामीले कार्यालय सञ्चालनका लागि बसेकै भवनमा सञ्चालन गर्न पुन ः सम्झौता गरिएको छ ।’ प्रमुख सिंहका अनुसार कार्यालय सञ्चालनका लागि २०८२ को असार महिनासम्म घरबहाल सम्झौता भएको छ ।

यस्तै ट्रायलका लागि पनि जग्गा आवश्यक रहेको कार्यालय प्रमुख सिंहले बताए । ‘ट्रायलका लागि पनि नेपालगन्जमा जग्गा जरुरी छ’ प्रमुख सिंहले भने । कार्यदलका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले कार्यदलले आवश्यक प्रतिवेदन पेस गरिसकेको तर मन्त्रीस्तरबाट आवश्यक प्रक्रिया सुरु नहुँदा कार्यालय व्यवस्थापन कार्य रोकिएको बताए । पेस गरिएको प्रतिवदेन अनुसार कार्यदलले नेपालगन्ज उपमहानगरपालिका १८ मा रहेको सामाजिक विकास डिभिजनको कार्यालय वा सहकारी प्रशिक्षणको कार्यालयमा यातायातलाई कार्यालय सञ्चालनका लागि उपयुक्त हुने सुझाएको छ भने त्यहाँ भएको डिभिजन तथा सहकारीलाई जिल्ला समन्वय समितिमा सार्न सकिने उल्लेख गरेको छ ।

यस्तै स्थायी रूपमा यातायात कार्यालय भवन निर्माणका लागि १८ नम्बर वडामै रहेको सोल्टी होटेल नजिकै रहेको सरकारी जग्गामा उपयुक्त हुने सुझाव पेस गरेको छ । कार्यदल संयोजक रिजालका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, उद्योग पर्यटन तथा यातायात मन्त्रीलाई डेलिगेसनमा जाने छलफल भएको छ, तर त्यसपछि सो प्रक्रिया अघि बढ्न सकेको छैन । हाल यातायात कार्यालय रहेको भवन प्रयोग गरेवापत मासिक एक लाख बढी रुपियाँ घर भाडा बुझाइएको छ भने सो स्थान सेवाग्राहीका लागि उपयुक्त नभएको बारम्बार कुरा उठिरहेको छ ।

ADVERTISEMENT

कारकाँदोस्थित डिभिजन वा प्रशिक्षण कार्यालयमा यातायातलाई सार्न सकिए त्यसैको छेउँमा रहेको जनकपुर चुरोट कारखानाको १२ कठ्ठा जग्गा ट्रायलका लागि प्रयोग गर्न सकिन्छ । कार्यदलले प्रस्ताव गरेको स्थानमा यातायालाई सार्ने हो भने त्यहाँ रहेको उद्योग मन्त्रालय माताहत कारखानाको जग्गा ट्रायलका सबैभन्दा उत्तम हुने १८ नम्बरका वडा सदस्य दीपक ढुङ्गानाको भनाइ छ ।

‘सामाजिक वा सहकारीको भवन यातायात कार्यालयका लागि उपयुक्त पनि छ ढुङ्गानाले भने, ‘छेवैमा रहेको प्रयाप्त जग्गामा ट्रायल लिने कार्य पनि सहज तरिकाले सञ्चालन गर्न सकिन्छ ।’ उता गत माघ ९ गतेदेखि कोहलपुर, बैजनाथ र राप्तीसोनारीका सेवाग्राहीको सहजताका लागि कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गरेर यातायातको सेवा दिन थालिएको छ । कोहलपुर नगरपालिका ११ स्थित पुरानो बसपार्कमा रहेको कार्यालयमार्फत ब्लुबुक, लाइसेन्स नवीकरण र पटके सेवा प्रदान गरिएको छ भने ट्रायल लिने कार्य कोहलपुरबाट नै हुँदै आएको छ ।

Share877Tweet532SendShare
Previous Post

आफ्नै निर्णयको धज्जी उडाउँदै नेपालगन्जका मेयर विष्ट : आफैले इजाजत दिएको सञ्जीवनी हस्पिटलाई बोर्ड हटाउन निर्देशन

Next Post

क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो

सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?