ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव

News Desk by News Desk
१:५८ बिहान, बैशाख ११, २०८२
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
384
सेयर
383
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख ११ गते ।
दुई दिन अघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभाग यतिबेला ह्वात्तै बढेको तातोका कारण हपहपिएका छन् । कैलालीकी सविना चौधरी भन्छिन्, “गर्मीले दिउँसो बाहिर हिँड्न नसकिने भएको छ, बच्चालाई स्कुल पठाउन पनि गाह्रो भएको छ ।” कैलालीमा स्थानीय अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगिसकेको छ ।

नेपालगन्जको अवस्था उस्तै तातो छ । कालोपत्रे सडकमा हिँड्न नसकिने गरी तातो हावा चलिरहेको छ । अधिकतम तापक्रमले ४० डिग्री सेन्टिग्रेडमाथिको उकालो काट्दै छ । भैरहवा, चितवन, पर्सातिर पनि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेडतिर लम्कँदै गरेको जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तापक्रम नक्साङ्कनले औँल्याएको छ । मधेश प्रदेशका जनकपुर, सिराहा, सप्तरीतिर पनि ४० डिग्री सेन्टिग्रेड आसपास तापक्रम पुग्दै छ ।

वीरेन्द्रनगर र दिपायलतिर ३९ डिग्री सेन्टिग्रेड अधिकतम तापक्रम पुगिसकेको छ । पूर्वको विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ क्षेत्रमा हल्का बदलीसँगै फाट्टफुट्ट वर्षाले मौसम चिस्याइलै रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन्  । ती भूभागमा ३० डिग्री सेन्टिग्रेड आसपासको तापक्रम छ । उनले भनिन्, “केही दिन अघिसम्म वर्षाले थोरै भए पनि तातोमा शितलो राहत दिएको थियो, अबका केही दिन यस्तै तम्तमाइलो तातो बढ्ने देखिएको छ ।” उनका अनुसार काठमाडौँमै पनि तापक्रम उच्च बन्दै गएको छ ।

मङ्गलबार दिउँसो ३२ डिग्री सेन्टिग्रेड आसपास तापक्रम रेकर्ड भएको छ । उनका अनुसार यतिबेला मध्य र पश्चिम तराईका भूभागमा तापक्रम अत्यधिक बढ्दो क्रममा छ । यसै हिसाबले तापक्रम बढ्ने हो भने केही दिनभित्रै तराई र तराई छोएका भूभागमा तातो हावाको लहर (लु) चल्ने सम्भावना रहेको महर्जनले बताउनुभयो । जब तापक्रमले ४० डिग्री सेन्टिग्रेडमाथिको उकालो चढ्छ, तब तातो हावा चल्छ । त्यस्तो मौसमी अवस्थालाई लु चलेको भनिन्छ । यस साताभर वर्षा हुने सम्भावना नदेखिएकाले तापक्रम थप बढ्ने सम्भावना औँल्याउँदै आमनागरिकले सतर्कता अपनाउनुपर्ने सुझाव महाशाखाले दिएको छ । कतिपय तराईका भूभागमा लुको झल्को दिने गरी तातो हावा चल्न थालिसकेको स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित तातो हावाको लहर अर्थात् लुको प्रकोपबाट आमनागरिकको जिउधनको सुरक्षाको पहल थालेको जनाएको छ । आमनागरिकलाई लुबारे सचेत गराउँदै यसबाट बच्ने उपायबारे सचेतना सामग्री सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरिएको छ । जस अनुसार अत्यधिक गर्मी बढेका बेला दिउँसो घरबाट बाहिरका काममा सरिक नहुन सुझाइएको छ । खेतबारीमा बर्खेबाली लगाउने याम भएकाले अधिकांश किसान दिउँसो खेतबारीमा जानुपर्ने भए पनि त्यसो नगरी बिहान वा बेलुकाको शीतलमा काम गर्न प्राधिकरणले भनेको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले तराईका जिल्लाका नागरिक अधिक सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, “घरभित्रै बस्नू, बाहिर रुखको छहारीमा बस्नू र समस्या देखिएमा अस्पतालमा जानुको विकल्प लु लागेका बेला छैन ।” स्थानीय पालिकाले स्थानीय विपत् संयन्त्रलाई सक्रिय बनाउँदै आधारभूत अस्पताल तथा जिल्ला अस्पतालसँग समन्वय गर्न उनले सुझाए । स्थानीयलाई जतिखेर पनि लु लाग्न सक्ने भएकाले त्यहाँको एम्बुलेन्स सेवालाई सक्रिय बनाउने र उद्धार गर्र्नैपर्ने भएमा जिल्ला विपत् व्यवस्थापन समितिले हेलिकोप्टरबाट उद्धार गरेर राम्रो अस्पतालमा पु¥याउन लैजाने व्यवस्था मिलाउन सकिने जानकारी उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गर्मी मौसम सुरु भएपछि लुको अधिक सम्भावना रहेकाले शरीरलाई शीतल बनाइराख्न सुझाव दिए । उनले थपे, “त्यसका लागि बाहिर पसलका चिसो पेय पदार्थ हैन, घरकै शुद्ध चिसो पानी तथा पेयपदार्थ जतिसक्दो धेरै पिउने बानी बसालौँ ।” उनका अनुसार राम्रो स्वास्थ भएकालाई लु लाग्ने सम्भावना र लागेमा त्यसको जटिलता कम हुन्छ तर पहिलेदेखि नै स्वास्थ्य कमजोर रहेका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी लुको उच्च जोखिममा हुन्छन् । उनका अनुसार तातो हावा चल्दा लुको अधिक जोखिम भएकाले दिउँसो घाममा बाहिर निस्कन हुँदैन । विद्यालयले पनि यस्तो बेला शीतल वातावरणमा अध्ययन अध्यापन गराउने व्यवस्था गर्नु पर्छ ।

ADVERTISEMENT

गर्मी बढ्दा दीर्घरोगीले पहिलेदेखि खाइरहेका औषधीले गर्मी बढाउने भन्दै खान मन गर्दैनन् तर नियमित औषधी खुवाउन परिवारले सघाउनु पर्छ । बाहिर हिँडेका बखत लुले समातिहाल्यो भने चिसो पानी खाने, चिसोको सम्पर्कमा जाने, हावामा बस्ने र अन्य लक्षण अनुसारको उपचार गर्नुपर्ने सुझाव डा. बुढाथोकीको छ । बाहिर हिँड्दा पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, छाता ओढ्ने र घरबाटै बोकेको शुद्ध पानी पिउनु पर्छ । एनले भने, “सबैभन्दा महत्वपूर्ण बिनाकाम बाहिर भौँतारिन छाडौँ, घरमै परिवारका साथमा बसौँ र एक अर्काको ख्याल गरौँ ।”

Share154Tweet96SendShare
Previous Post

आत्मनिर्भर बन्दै बाँकेको राप्तीसोनारीका महिला

Next Post

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा कोहलपुरबाट भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

दाङको तुलसीपुरमा जग्गा नापजाँच सुरु

दाङको तुलसीपुरमा जग्गा नापजाँच सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?