बाँके बैशाख १९ गते ।
लुम्बिनी प्रदेशका मदरसा शिक्षाको विकास र मूल प्रवाहीकरण गर्न सरकारले पहल थालेको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले मदरसा बिद्यालयको समस्या पहिचान गरी विकास र मूल प्रवाहीकरण गर्न आवश्यक पहल थालेको हो ।
बाँके र बर्दियाका मदरसा बिद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकसँग अन्तरक्रिया गरेर समस्याको पहिचान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजयप्रसाद तिमिल्सेनाले प्रदेश सरकारले मदरसा शिक्षाको विकास गर्न प्राथमिकतामा राखेको बताए ।
मदरसा शिक्षा मुस्लिम समुदायको मात्रै नभएर समग्र लुम्बिनी प्रदेशका नागरिकको आवश्यकताको विषय भएको मन्त्री तिमिल्सेनाको भनाइ छ । ‘जबसम्म आफ्नो घर परिवारमा समस्या आई पर्दैन, तबसम्म समस्या पहिचान नगर्ने प्रवृत्ति छ,’ उनले भने ‘यो मुद्दा भनेको मुस्लिम वा कुनै ब्यक्तीको मात्रै होईन, समग्र लुम्बिनी प्रदेशका जनताको हो ।’
तथ्यांक अनुसार देशभर रहेका १ हजार ३७ वटा मदरसा बिद्यालय मध्ये लुम्बिनी प्रदेशमा मात्रै ५ सय १० वटा रहेका छन् ।












Discussion about this post