
बाँके मंसिर १ गते । सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहनेहरुका लागि आवेदन खुलेको छ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल हज समितिले आज आइतबारदेखि मंसिर ३० गतेसम्मका लागि आवेदन खुला गरेको हो।
यात्रीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत अथवा गृहमन्त्रालयको वेबसाइटमार्फत् फारम भर्न सक्ने मन्त्रालयले जनाएको छ।
हज गर्न जानेहरुले आवेदनमा नेपाली नागरिकताको प्रतिलिपि, सक्कल राहदानी, राहदानीको प्रतिलिपि र हालसालै खिचिएको फोटो ४ थान माग गरिएको छ।
यसैगरी, आवेदनसहित हवाई टिकटको रकम, साउदी अरबमा लाग्ने घर भाडा र मौलिक दस्तुरलगायतका लागि प्रथम किस्ता एक लाख २५ हजार रकम बैंकमा तिरेको भौचरको माग गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंक अथवा सनराइज बैंकको कुनै पनि शाखाबाट नेपाल हज समितिको खातामा रकम दाखिला गर्न सकिने छ।
हजमा जान चाहने महिलाहरुले भने नाता प्रमाणित गर्नु पर्नेछ।
७५ वर्ष नाघेका हजयात्री हरूले आफनो साथ एक जना युवा सहयोगी लैजान अनिवार्य रहेकोछ
गत वर्ष अवसर पाएर पनि हज गर्न जान नसकेका २ सय २० जनालाई यस वर्ष पहिलो प्राथमिकता दिइने हज समितिका केन्द्रिय सदस्य मेराज अहमद (हिमालय) ले बताउनुभयो ।









Discussion about this post