
बाँके मंसिर १ गते । आज सिक्टा सिँचाइको पुर्बि नहर खण्डको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ ।
सिक्टाको पुर्बि खण्ड बिस्तारका लागि निर्माण कार्य अगाडि बढाउनु पर्ने र नरैनापुर क्षेत्रमा कुन बाटो नहर बिस्तार गर्ने भन्ने बिषयमा अन्यौलता रहेको बेला आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक र प्रदेश सभा सदस्य कृष्णा के सी नमुनाको रोहबरमा नरैनापुर गाउपालिका अध्यक्ष इस्तियाक अहमद शाहाको अध्यक्षतामा बसेको बैठकले नरैनापुर क्षेत्रमा सिक्टाको नहर निर्माण कार्यको तिब्रता दिने र कुनै समस्या उत्पन्न भएमा समाधान गर्न सहमति भयको छ ।
कुनै पनि समस्या आयमा नरयनापुर गाउँपालीका अध्यक्ष सहित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले सहजिकरण गर्ने निर्णय गरेको छ । आजको बैठक बाट सिक्टा सिँचाइ नहरको निर्माण कार्य सँगसगै पानी पनि छोड्दै जाने सहमति भएको सिक्टा सिचाइ आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए । नहर बिस्तार कार्यमा जनताको जमिन क्षति भएमा चलन चल्तीकै दरमा आयोजनाले मुअब्जा दीने सहमति भएको छ। राप्तिपारी पुर्बि नहर निर्माण कार्य सम्पन्न भएमा राप्तिपारी नरैनापुर सम्म ९ हजार हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने आयोजनाले जनाएको छ । कुन बाटो नहर बिस्तार गर्ने बिषयमा केहिदिन भित्र इन्जिनियरको टोली गयर सर्भे गर्ने बताइएको छ ।बैठक सिक्टा सिँचाइ कार्यलय नेपालगञ्जमा बसेको थियो ।









Discussion about this post