बाँके बैशाख ३१ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदैछ । पालिकाका सबै ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गर्न लागिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामचन्द्र वलीले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकामा १ हजार ३९९ जना ० देखि १५ महिना उमेर समूहका बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । उनीहरु सबैले पाउनु पर्ने खोप पाइसकेको जनस्वास्थ्य निरीक्षक वली बताउँछन् ।
‘खासगरी शिशु जन्मेको १५ महिनाभित्र सबै खोप लगाइसक्नु पर्ने हो वली भन्छन्–‘कारणवश खोप लगाउन छुटेका २३ महिनाभित्रका बालबालिकालाई खोजपडताल गरेर खोप लगाउने काम पूरा भएको छ ।’ उनीहरुलाई विभिन्न १५ वटा रोग विरुद्धको खोप निःशुल्क लगाइएको उनले जानकारी दिए ।













Discussion about this post