गुल्मी जेठ २१ गते ।
गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल भएको छ । धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षक संघीय अनुदानका लागि चौथो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले माध्यमिक तह (नौ, दस) को गणित शिक्षकका लागि चौथो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । चौथो पटक गरिएको विज्ञापनमा अन्तिम दिन जेठ २० गतेसम्म पनि कसैको आवेदन नपरेको उनको भनाइ छ ।
प्राथमिक तहको शिक्षकका लागि पनि दोस्रो पटक विज्ञापन गरिएको पन्थीले बताए । सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गरे ।













Discussion about this post