ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन

News Desk by News Desk
१०:४४ मध्यान्ह, साउन २२, २०८२
बाँकेमा एक वर्षमा ५ लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन
400
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके साउन २३ गते ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१–८२ मा विभिन्न प्रजातिका पाँच लाख ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेको जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले गत आर्थिक वर्षमा विभिन्न प्रजातिका पाँच लाख ६० हजार ९६३ वटा बिरुवा उत्पादन गरिएको बताए । एक वर्षीयतर्फ चार लाख २६ हजार ५६२ र बहुवर्षीयतर्फ एक लाख ३४ हजार ४०१ गरी कुल पाँच लाख ६० हजार ९६३ बिरुवा उत्पादन गरिएको उनले बताए ।

एक वर्षीयतर्फ सावगन, मसला, बकाइनो, इपिल इपिल, गोल्डमोहर, सितलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासीया, अर्जुनलगायतका बिरुवा र बहुवर्षीयतर्फ अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा फूल, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल, एकासीया लगायतका बिरुवा उत्पादन गरिएको वरिष्ठ वन अधिकृत पोख्रेलले जानकारी दिए।

पोख्रेलका अनुसार एक वर्षीयतर्फ राप्ती सबडिभिजन वन कार्यालयको नर्सरीमा ५७ हजार, नरैनापुर सबडिभिजनको नर्सरीमा ५७ हजार ३५, शमसेरगन्ज सबडिभिजनको नर्सरीमा ३६ हजार ७६, ढकेरी वन नर्सरीमा ३२ हजार ५०६, डिभिजन वन कार्यालयको नर्सरी (आपूर्ति समिति) मा एक लाख ३६ हजार ५६६, सिक्टा सबडिभिजनको नर्सरीमा ५० हजार २००, कोहलपुर सबडिभिजनको नर्सरीमा २८ हजार र डिभिजन वन कार्यालयको नर्सरीमा २९ हजार १७९ गरी चार लाख २६ हजार ५६२ बिरुवा उत्पादन भएको हो ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

त्यसैगरी, बहुवर्षीयतर्फ राप्ती सबडिभिजनको नर्सरीमा २५ हजार ५००, शमसेरगन्ज सबडिभिजनको नर्सरीमा २५ हजार १००, ढकेरी वन नर्सरीमा १८ हजार, कोहलपुर सबडिभिजनको नर्सरीमा १३ हजार र डिभिजन वन कार्यालयको नर्सरीमा ५२ हजार ८०१ गरी एक लाख ३४ हजार ४०१ बिरुवा उत्पादन गरिएको हो ।

वरिष्ठ वन अधिकृत पोख्रेलका अनुसार एक वर्षीयतर्फ काठजन्य प्रजातिका तीन लाख ९८ हजार ९४५, डालेघाँस प्रजातिका १५ हजार ५९, गैह्रकाष्ठ प्रजातिका सात हजार ८०८, फलफूल प्रजातिका एक हजार ५००, सजावटजन्य प्रजातिका तीन हजार २५० र बहुवर्षीयतर्फ काठजन्य ३४ हजार ८७३, डालेघाँस दुई हजार ५५२, गैह्रकाष्ठ छ हजार ६०, फलफूल २९ हजार ३१६, सजावट ४१ हजार २५ र बहुमूल्य प्रजातिका २० हजार ५७५ बिरुवा उत्पादन भएका हुन् ।

उत्पादन भएका बिरुवाहरु आवश्यकता र मागअनुसार किसानलाई निःशुल्क रुपमा वितरण गरिएको छ । वरिष्ठ वन अधिकृत पोख्रेलका अनुसार डिभिजन वन कार्यालय र जिल्लाका सबै सवडिभिजन वन कार्यालयबाट किसानहरुलाई निःशुल्क बिरुवा वितरण गरिएको छ ।

ADVERTISEMENT

गत आवमा किसानहरुलाई दुई लाख ९३ हजार ९४० बिरुवा वितरण गरिएको छ । एक वर्षीयतर्फ दुई लाख ७० हजार २४० र बहुवर्षीयतर्फ २३ हजार ७०० बिरुवा वितरण गरिएको छ । किसानलाई एक वर्षीयतर्फ काठजन्य प्रजाति दुई लाख ६० हजार २८०, डालेघाँस सात हजार ९५७, गैह्रकाष्ठ नौसय ५३, सजावटजन्य प्रजाति एक हजार ५० र बहुवर्षीयतर्फ काठजन्य प्रजाति सात हजार ५४६, डालेघाँस ५००, गैह्रकाष्ठ तीन हजार ३३७, फलफूल १० हजार १७५ र सजावट प्रजाति दुई हजार १४२ गरी २३ हजार ७०० बिरुवा वितरण गरिएको पोख्रेलले जानकारी दिए।

वन कार्यालयले किसानलाई बाहिरबाट बिरुवा खरिद गरेर समेत वितरण गरेको छ । वनले आँप, लिची, अनार, रुख कटहर, कागती, अम्बालगायतका बिरुवाहरु बाहिरी जिल्लाबाट खरिद गरेर ४८ हजार ५११ वटा बिरुवा वितरण गरेको हो । बिरुवा खरिद र ढुवानीमा गरी उक्त कार्यका लागि ३९ लाख रुपियाँ खर्च भएको वन कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लाभर बिरुवा उत्पादन, संरक्षण र वितरणमा वन कार्यालयबाट ६७ लाख ३७ हजार ५०० रुपियाँ खर्च भएको छ । जसमध्ये ४० लाख ४० हजार एकवर्षीय बिरुवा उत्पादन र २६ लाख ९७ हजार ५०० रुपियाँ बहुवर्षीय बिरुवा उत्पादनमा खर्च भएको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Share172Tweet95SendShare
Previous Post

मलको हाहाकार : प्रदेश र स्थानीय तहको लापर्बाही

Next Post

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post
वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

वन्यजन्तु पीडित परिवारलाई एक करोड १९ लाख राहत वितरण

विमानस्थलबाट १ राउण्ड गोलीसहित युवती पक्राउ

ब्रामा लुकाएको कोकिनसहित ब्राजिलियन महिला पक्राउ

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

रूपैडिहामा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?