ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा

News Desk by News Desk
११:२० मध्यान्ह, भदौ १८, २०८२
सीमा क्षेत्रमा बढ्दै तस्करी : डिआइजी कुँवरको निर्देशन टेँर्दैनन् सशस्त्र प्रहरीका घुमुवा शर्मा
567
सेयर
562
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
सशस्त्र प्रहरी बल लुम्विनी प्रदेशका प्रमुख डिआइजी दिपेन्द्र कुँवर यतिबेला बाँके र बर्दियाको निरीक्षणमा छन् । आफू मातहतका कर्मचारीले गरेको कामको मूल्यांकन गर्न र निर्देशन दिन उनी जिल्ला दौडाहामा छन् । उनले तस्करी नियन्त्रण गरि राजस्व बढाउन निर्देशन समेत दिँदै आएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए ।

तस्करी नियन्त्रण उनको पहिलो प्राथमिकतामा छ । उनले तस्करी नियन्त्रणमा सघाउ पुर्याउन भन्दै जयसपुर विओपीमा कार्यरत सोमराज शर्मालाई घुमुवाको रुपमा परिचालन समेत गरेका छन्, तर डिआइजीले परिचालन गरेका शर्मा सूचना संकलनभन्दा तस्करसँग पैँसा असुल्न ब्यस्त छन् ।

उनी आफूलाई राजनीतिक संरक्षण र सशस्त्र प्रहरीका लुम्विनी प्रदेश प्रमुख डिआइजी कुँवरको आशिर्वाद भएको ठोकुवा गर्छन् । उनको पद सशस्त्र प्रहरी सहायक निरीक्षक हो, तर उनी आफूभन्दा ठूला दर्जाकालाई समेत धम्क्याउँछन्, थर्काउँछन् । ‘राजनीतिक र डिआइजीको शाशिर्वाद भएको भन्दै शर्मा जीले हामीलाई समेत टेँर्दैनन्,’ एक अधिकृत स्तरका सशस्त्र प्रहरीले भने, ‘कसैले केहि गर्न नसक्नेभन्दै उनी सवैलाई हपार्छन् र टेँर्दैनन् ।’

डिआइजी कुँवर निरीक्षणका लागि बाँके आएकै दिन समेत तस्करी रोकिएन । डिआइजी कुँवरको निर्देशनलाई लत्याउँदै विओपी र उनले घुमुवाको रुपमा खटाएका शर्माको टोली तस्करसँग पैँसा लिएर अवैध रुपमा सामान भित्र्याउन सहयोग गरिरहेका थिए । शर्माले मिडियामा आउँदैमा केहि नविग्रने ध्वाँस समेत देखाउँदै आएका छन् । ‘मेरो विरुद्ध लोकल मिडियामा समाचार आएर केहि विग्रिदैन । राष्ट्रिय मिडियामा आए पो मलाई फरक पर्ला,’ उनले आफ्नै संस्थाका सिनियर अधिकृतसँग भन्ने गरेका छन्, ‘जवसम्म मलाई डिआइजी सावको आशिर्वाद रहन्छ कसैले केहि विगार्न सक्दैन ।’

सम्बन्धित समाचार

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

डिआइजी कुँवरले परिचालन गरेका कारण शर्माको बारेमा समाचार आउँदासमेत सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले समेत शर्मालाई संरक्षण गर्दै आएका छन् । एसपी खनाललाई शर्मा यसअघि विवादमा परेको र छवि राम्रो छैन भन्ने पूर्ण जानकारी छ, तर उनी डिआइजीले परिचालन गरेकोले कुनै एक्सन लिन नसकेको स्रोतले जनाएको छ । ‘डिआइजी सावले परिचालन गरेको ब्यक्ति भएकोले एसपी सावलाई डर लागेको हुनु पर्छ’ एक अधिकृतले भने, ‘शर्मा विवादित कर्मचारी भएको र उनको छवि राम्रो नभएको पूर्ण जानकारी छ, तर उहाँले जानेर पनि केहि गर्न सक्नु भएको छैन । यो उहाँको बाध्यता हो ।’

यसअघि घुमुवा बस्दा शर्माले तस्करसँग मोटो रकम लिएको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले कारवाही स्वरुप अन्यत्र सरुवा गरेको थियो । तर, उनी पावरको बलमा सरुवा मिलाएर फेरि बाँके आएका छन् । बर्दियाबाट बाँके आउने वित्तिकै पैँसा र पावरको बलमा उनी फेरि घुमुवाको रुपमा परिचालन भएका छन् । ‘शर्माले आफ्नो छवि त विगारेका छन् नै उनले डिआइजी कुँवर र एसपी खनालको समेत बदनाम गरिरहेका छन्,’ सशस्त्र प्रहरीका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खोजखवरसँग भने ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उनलाई अनुचित गतिविधि नगर्ने शर्तसहित बाँके पठाएको छ । तै पनि आउने वित्तिकै उनी तस्करसँग मोटो रकम अशुल्न थालेका छन् । ‘नानीदेखि लागेको बानी, कहिँ नजानी’ भन्ने उखान झैँ तस्करसँग मोटो रकम असुल्न पल्केका उनी फेरि आफ्नो हर्कत देखाउन थालेको तस्कर बताउँछन् ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बलले घुमुवा नराख्ने नीति अघि सारेको छ, तर गण र विओपीले आफूखुसी घुमुवा परिचालन गरेको अनलाइन खोजखवरले सूचना प्राप्त गरेको छ । जयसपुर विओपीले शर्मासहित सात जना घुमुवा परिचालन गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । ‘बदनाम हुनबाट जोगिन डिआइजी साव र एसपी खनाल सावले विवादित कर्मचारीलाई घुमुवाबाट हटाउन जरुरी छ,’ एक अधिकृतले भने ।

यो समाचार पनि पढ्नुहोस्

बाँकेमा मौलायो तस्करी : विओपी इन्चार्ज समेत कमाउ धन्दामा

Share230Tweet141SendShare
Previous Post

शैक्षिक गुणस्तर सुधार गर्न नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू

Next Post

“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
Next Post
“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

“नेतृत्व सुधार र विधि–बिधानको पालनाः दीगो पार्टी निर्माणको आधार“

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

दिउँसो मध्यम, राति भारी वर्षाको सम्भावना

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?