ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका विभिन्न क्षेत्रमा झडपपछि निषेधाज्ञा जारी

News Desk by News Desk
१२:१३ बिहान, अशोज १९, २०८२
बाँकेका विभिन्न क्षेत्रमा झडपपछि निषेधाज्ञा जारी
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
विजयादशमीको अवसरमा दुर्गामाताको मूर्तिहरू विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा दुई समुदायबीच झडप भएपछि बाँके प्रशासनले केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने अवस्था देखिएपछि उत्पन्न सुरक्षाजन्य चुनौतीलाई मध्यनजर गर्दै शनिबार साँझ ७ बजेदेखि अर्को आदेश नआएसम्मका लागि बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ। प्रशासनका अनुसार डुडुवा गाउँपालिका–६ हिरमिनियामा मूर्ति विसर्जनको क्रममा विवाद चर्किएपछि केही घुम्ती पसल र एक पुरानो मोटरसाइकलमा आगजनी भएको थियो।

त्यस्तै, सोही गाउँपालिकाको सुब्बापुरवा क्षेत्रमा समेत दुई सम्प्रदायबीच आपसी झडप भएको जानकारी प्राप्त भएको छ। स्थिति थप विग्रन नदिन डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ का भजिपुरवा, जंगलिपुरवा र लोहरनपुरवा र नरैनापुर गाउँपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन र शान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासन ऐन २०२८ (संशोधित) को दफा ६ (१) (क) र ३ (क) बमोजिम प्रशासनले निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, सभा वा प्रदर्शन गर्न रोक लगाइएको छ। सूचनामा भनिएको छ, “निषेधित क्षेत्रभित्र पूर्वस्वीकृति बिना पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत वा भेला भएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन अनुसार कारबाही गर्न सक्नेछन्।”

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सबै नागरिकलाई शान्ति, सद्भाव र सामाजिक एकताको वातावरण कायम राख्न आग्रह गर्दै अफवाहमा नलाग्न अनुरोध गरेका छन्।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

एमाले सचिवालय बैठक स्थगित

Next Post

दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
Next Post
दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए

दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए

सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

नौबस्ता कारागारबाट फरार तीनजना कैदी पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:24 am5:41 pm +0545
Feels like: 21°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1011.51mbar
UV index: 0
SunMonTue
31°C / 17°C
31°C / 17°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?