ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रुपन्देहीका उद्योग बन्द, मजदुर कामविहीन

News Desk by News Desk
१:१६ बिहान, कार्तिक ११, २०८२
सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने
375
सेयर
375
VIEWS
ShareTweetSendShare

रुपन्देही कात्तिक ११ गते ।
तिहारको भोलिपल्ट देशभर घर घरमा उज्यालो थियो । रुपन्देहीका उद्योगमा भने अन्धकार छायो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि विद्युत् काटेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा उद्योग बन्द भएका छन् ।

उद्योग बन्द भएपछि त्यहाँ कार्यरत करिब २४ हजार मजदुर कामविहीन बनेका छन् । रुपन्देहीका २१ वटा उद्योग र नेपाल विद्युत् प्राधिकरणबिच २०७७ सालदेखि चल्दै आएको महसुल विवाद अहिले फेरि बल्झिएको हो । उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्क लाइन खपत गरेको प्रमाण नपाएको भन्दै महसुल बुझाउन मानेका छैनन् ।

कटौतीको असरले बुटवल–भैरहवा सडक कोरिडोरका पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, भलबारी स्वचालित चामल मिल, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट, श्याम प्लास्टिकलगायत उद्योग बन्द छन् । पञ्चकन्या स्टिलमा २५ वर्षदेखि इलेक्ट्रिसियनका रूपमा काम गर्दै आउनुभएका रनबहादुर सारूले आफू चार दिनदेखि कामविहीन रहेको बताउनुभयो । “हामी त उद्योगभित्रै बस्छौँ । उत्पादन बन्द भएपछि उद्योग नै सुनसान छ,” उहाँले भन्नुभयो, “तिहारको भोलिपल्ट प्राधिकरणले विद्युत् लाइन काट्दा उद्योग मात्र होइन, हामी बस्ने कोठा पनि अन्धकार भएका छन् ।”

१९ वर्षदेखि त्यही उद्योगमा कार्यरत रामजङ्ग यादव पनि चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “म, मेरो काका र दाइले पनि यही उद्योगमा काम गरेका हौँ । अब मेरो छोरा र नाति पनि यही उद्योगमा काम गरून् भन्ने चाहना थियो तर उद्योग नै बन्द भयो भने हाम्रो पुस्तौँपुस्ताको रोजीरोटी कहाँबाट चल्ने रु” लामो समयदेखि निरन्तर उत्पादन गर्दै आएका उद्योगहरूले असोजको विद्युत् बिलसमेत बुझाइसकेको दाबी गरेका छन् । श्याम प्लास्टिक उद्योगका मजदुर शालिकराम रिजालले विद्युत् महसुल विवाद उद्योगी र प्राधिकरणबिचको रहेको भन्दै त्यसको सजाय मजदुरले पाउन नहुने बताउनुभयो ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

उहाँले भन्नुभयो, “सरकारले हाम्रो रोजीरोटी नै बन्द गरिदियो ।” नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका बेला उद्योगले डेडिकेटेडरट्रङ्क लाइन प्रयोग गरी विद्युत् खपत गरेकाले बाँकी देखिएको प्रिमियम रकम तिर्नुपर्ने बताउँदै आएको छ तर उद्योगीले आफूहरूले प्रयोग नै नगरेको दाबी गर्दै थप रकम नतिर्ने बताउँदै आएका छन् ।

उनीहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको भए त्यसको बिल दिन माग गर्दै आएका छन् । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले आफूहरूले डेडिकेटेड र ट्रङ्क लाइनको माग प्राधिकरणसँग नगरेको र प्रयोग पनि नगरेको दाबी गर्दै प्राधिकरणले प्रमाण दिए महसुल तिर्न तयार रहेको बताउनुभयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात

Next Post

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
Next Post
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बारको भवनबाट जिल्ला अदालतको सेवा

बारको भवनबाट जिल्ला अदालतको सेवा

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:23 am5:43 pm +0545
Feels like: 20°C
Wind: 3km/h N
Humidity: 91%
Pressure: 1013.55mbar
UV index: 0
FriSatSun
30°C / 17°C
30°C / 17°C
30°C / 17°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?