ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योजनाबद्ध विकासले नरैनापुरलाई सुगमतर्फ डोर्याउँदै

News Desk by News Desk
११:०२ मध्यान्ह, पुस ४, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
कुनै समय बाढी–डुबान, आगलागी र भौगोलिक विकटताका कारण ‘दुर्गम’ भनेर चिनिँदै आएको बाँकेको नरैनापुर गाउँपालिका आज बिस्तारै ‘सुगम’ बन्ने दिशामा अघि बढिरहेको छ । जनप्रतिनिधि, कर्मचारी र नागरिकको साझा सोच, योजनाबद्ध विकास र दीर्घकालीन दृष्टिकोणका कारण नरैनापुरले आफ्नो पहिचान बदल्ने प्रयास गरिरहेको देखिन्छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार पालिकालाई नमुनायोग्य बनाउने लक्ष्यसहित योजना निर्माणको चरणमै संविधानले प्रदान गरेको अधिकार सूचीलाई आधार मान्ने अभ्यास गरिएको छ । उनी भन्छन, “संविधानले दिएको अधिकार सूचीअनुसार आवधिक, वार्षिक र क्षेत्रगत योजनाहरू बनाइन्छ । संघ र प्रदेश सरकारको नीति, लक्ष्य र उद्देश्यसँग तादात्म्य कायम गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सुशासनलाई योजनाको केन्द्रमा राखेका छौँ ।”

उनका अनुसार अब पालिकाको आफ्नै स्रोतमा मात्र सीमित नरही आगामी आर्थिक वर्षदेखि पालिका विकास कोषको अनुदान तथा ऋणसमेत उपयोग गरी दीर्घकालीन योजनाहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । ती योजनालाई ‘पालिकाको गौरवका योजना’ र ‘वडागत योजना’का रूपमा वर्गीकरण गर्दै नरैनापुरलाई नमुना पालिकाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वली हालको पालिका नेतृत्व विकास निर्माण र समग्र विकासप्रति अत्यन्त सकारात्मक रहेको बताउँछन् । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा गुणस्तर र रणनीतिलाई प्राथमिकता दिँदै संवेदनशील ढंगले काम भइरहेको उनको भनाइ छ । जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्नेमा जोड दिँदै उनी भन्छन, “जनप्रतिनिधिले ल्याएका योजना, नीति र कार्यक्रमलाई कानुनको दायराभित्र रहेर कार्यान्वयन गर्नु कर्मचारी वर्गको दायित्व हो । साझा लक्ष्य पालिकाको विकास भएकाले समन्वयमा कुनै समस्या छैन ।”

सम्बन्धित समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

उनले स्थानीय तहको विकासका लागि सबै पक्षको व्यवहार र आचरणमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कानुनी राज्यको अवधारणालाई आत्मसात गर्न सके विकासले गति लिने विश्वास व्यक्त गरे ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले रेडियो नेपालसँगको कुराकानीमा भारतीय सीमासँग जोडिएको यो पालिका कुनै समय प्राकृतिक विपद्को उच्च जोखिममा रहेको स्मरण गरे ।

“बाढी–डुबान र आगलागीका समस्याबाट पछिल्ला वर्षहरूमा धेरै हदसम्म मुक्ति पाएका छौँ,” उनले भने, “तर शिक्षा र स्वास्थ्य क्षेत्रमा सोचेअनुसारको सुधार हुन सकेको छैन ।”

ADVERTISEMENT

शिक्षा र स्वास्थ्य संस्थामा कर्मचारीको नियमित उपस्थितिलगायतका समस्या देखिए पनि सुधारका लागि नागरिकस्तरमै छलफल र पहल भइरहेको अध्यक्ष शाहको भनाइ छ । उनले राष्ट्रिय गौरवका योजनाले नरैनापुरलाई सदरमुकामसँग जोड्दै विकासका नयाँ सम्भावनाको ढोका खोलेको उल्लेख गरे ।

यद्यपि पूर्वाधार विकासमा केही उपलब्धि भए पनि कृषि क्षेत्र अझै चुनौतीमै रहेको उनी बताउँछन् ।

“नरैनापुरमा विद्युत् सेवा पुगेको छ, तर सिँचाइ हुने खेतसम्म बत्ती नपुग्दा कृषकहरू अझै समस्यामा छन्,” उनले भने, “कृषिमा आत्मनिर्भर बन्न खेतसम्म विद्युत् विस्तार अत्यावश्यक छ, त्यसका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक छ ।”

आज नरैनापुर दुर्गमबाट सुगमतर्फको यात्रामा छ । योजनाबद्ध विकास, सकारात्मक सोच र सहकार्यले यो पालिकालाई भौगोलिकरूपमा मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, सेवा सुविधा र अवसरका दृष्टिले पनि सुगम बनाउने अपेक्षा गरिएको छ । नरैनापुरको यो रूपान्तरण यात्रा स्थानीय तहको विकासका लागि उदाहरणीय बन्न सक्ने संकेत देखिन थालेका छन् ।

Share155Tweet96SendShare
Previous Post

कस्तो हुनेछ आजको मौसम ?

Next Post

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
Next Post
ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

उमेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?