ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै

News Desk by News Desk
११:०५ मध्यान्ह, पुस ४, २०८२
ठेकेदारको लापरबाहीले जानकीको प्रशासनिक भवन अधुरै
398
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्दा पनि अझै अधुरै छ । ४ करोड २२ लाख ८४ हजार ७ सय १० रुपैयाँ ४२ पैसाको लागतमा निर्माण सुरु भएपनि हालसम्म करिब ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ । बाँकी २० प्रतिशत कामकै कारण हजारौँ नागरिक सहज सेवा पाउने अधिकारबाट वञ्चित छन् ।

प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार निर्माण ढिलाइ हुनुको मुख्य कारण ठेकेदारको लापरबाही हो ।

“समयमै काम नहुँदा पालिकाका सम्पूर्ण सेवा चारवटा कोठाबाट सञ्चालन गर्नुपरेको छ,” उनले भने, “यसले सेवा प्रवाह मात्र होइन, जनताको भरोसामै असर परेको छ ।”

२०७९ साल फागुन अन्त्यसम्म भवन निर्माण सम्पन्न गर्ने गरी थेगिम, श्रीकृष्ण, निशान जेभी (कोहलपुर–११) सँग सम्झौता भएको थियो । कागजमा म्याद सकिएको धेरै भइसक्यो, तर जमिनमा देखिने काम अझै अधुरो छ । सम्झौताको मिति कागजमै सीमित हुँदा यसको प्रत्यक्ष मार भने सर्वसाधारणले खेपिरहेका छन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

गाउँपालिका अध्यक्ष छब्बन खाँले यो अवस्थालाई स्थानीय सरकारका लागि लज्जास्पद ठान्छन् ।

“नयाँ संघीय संरचनामा जनतालाई सहज सेवा दिने सपना बोकेर अघि बढेका हौँ,” उनले भने, “तर आफ्नै भवन नहुँदा कर्मचारी र सेवाग्राही दुवै असहज अवस्थामा छन् ।”

वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले भने,“जनताको करबाट निर्माण भइरहेको प्रशासनिक भवन समयमै सम्पन्न हुनु जनताको अधिकार हो । सम्झौतामा तोकिएको म्याद कुनै औपचारिक कागज मात्र होइन, त्यो जनतासँग गरिएको प्रतिबद्धता हो । उक्त म्यादभित्र काम सम्पन्न नहुनु गम्भीर लापरबाही हो, जसको प्रत्यक्ष मार आज जानकी गाउँपालिकाका सेवाग्राहीले भोगिरहेका छन् ।”

ADVERTISEMENT

पाँच वर्षसम्म पनि भवन अधुरो रहनु पालिकाका लागि मात्र होइन, स्थानीय सरकारप्रतिको जनविश्वासका लागि पनि गम्भीर चुनौती बनेको छ । यदि अब पनि निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम सम्पन्न नगरे सम्झौताअनुसार ठेक्काको धरौटी जफत गरिने, ठेक्का रद्द गरिने तथा सम्बन्धित फर्मलाई कालोसूचीमा राख्न कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

अब थप बहाना स्वीकार्य छैन । जनताले सेवा लिन चारवटा कोठामा खुम्चिनुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्छ । गाउँपालिका प्रशासन जनताको सेवा केन्द्र हो—कुनै निर्माण कम्पनीको बेवास्ताको बन्धक बन्न सक्दैन । त्यसैले समयमै, गुणस्तरीय र पूर्ण रूपमा भवन निर्माण सम्पन्न गराउन गाउँपालिका कडाभन्दा कडा निर्णय लिन बाध्य हुनेछ ।

यता निर्माण कम्पनीका ठेकेदार हिरा बहादुर बिसीले समयमै काम पूरा हुन नसकेको स्वीकार गर्दै एक महिनाभित्र भवन सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने आश्वासन दिएका छन् । तर पाँच वर्षदेखि यस्ता आश्वासन सुन्दै आएका नागरिकहरू अब विश्वस्त देखिँदैनन् ।

जनताको करबाट बनेको भवन जनताकै सेवाका लागि हो । तर आज पनि जानकी गाउँपालिकाका नागरिकहरू साँघुरो कोठामा, लामो प्रतीक्षामा र अधुरो भवनको छायाँमा सेवा लिन बाध्य छन् ।

Share166Tweet97SendShare
Previous Post

योजनाबद्ध विकासले नरैनापुरलाई सुगमतर्फ डोर्याउँदै

Next Post

जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

जनताको सर्वोपरि हितमा लागिरहने पुर्व मन्त्री राईको उद्घोष

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

उमेदवारले प्रयोग गर्ने सवारीसाधनबारे प्रस्तावित आचारसंहितामा के छ व्यवस्था ?

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु/कुहिरो लाग्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?