ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’

News Desk by News Desk
३:४४ बिहान, माघ २२, २०८२
भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’
1.6k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
नेपालगन्जको भेरी अस्पतालको नयाँ भवनको भुईतलामा अर्थोपेडिक वार्डको छेउमै रहेको ‘१ नम्बर क्याविन’ रहेको छ । यही क्याविनमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट कस्लाई जिताउने र कस्लाई हराउने भनेर केहीदिन देखी रणनीतिक योजना बनिरहेको छ । यस्तो योजना बनाउने शक्तिशाली ब्यक्ति को होला ?

भेरी अस्पतालको रेकर्ड अनुसार उक्त क्याविनमा एक हप्ताभन्दा बढी समयदेखी डेरा जमाएर बसेका एमाले नेता एवम् चर्चित कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र नै हुन् । एमालेका पुर्वकेन्द्रिय सदस्य मिश्रकै निर्देशनबाट बाँके क्षेत्र नम्बर २ मा चुनावी रणनीति बनिरहेको छ । बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मिश्रलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो ।

तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका छन् । पछिल्लो समय यही माघ १४ गते उनी ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्र्तगतको १ नम्बर क्याविनमा बस्न थालेका हुन् ।

सामान्यतया कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिन भित्र उसको स्वास्थ्य अवस्था अनुसार औषधी चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ । त्यसपछि बिरामीलाई डिस्चार्ज गरिन्छ । तर, अस्पताल स्रोत भन्छ, ‘एक हप्ताभन्दा बढी समयसम्म अस्पतालमा भर्ना गर्नकै लागि मिश्रको स्वास्थ्यमा कुनै ठुलो समस्या छैन ।’

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

सरकारी अस्पतालको क्याविन प्रयोग गरेर आरामदायी रुपले मिश्रले समय मात्र गुजारिराखेका छैनन्, आउँदो चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउने र प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने भन्ने सम्मको रणनीति बनाउन ब्यस्त देखिन्छन् । अभियुक्त मिश्र बुधबार पनि अन्य दिन जसरी नै पार्टीका नेता तथा कार्यकर्तासँग क्याविनमै बैठक राखेर छलफलमा ब्यस्त भए ।

पत्रकार टोली बुधबार अपरान्ह ४ः४० बजेतिर रिपोर्टिङ गर्न अस्पतालमा पुग्दा अभियुक्त मिश्र सोही क्याविनभित्र चुनावी छलफलमा ब्यस्त देखिन्थ्ये । मिश्र र उनका कार्यकर्ताहरु बोलिरहेको कुरा बाहिरैसम्म प्रष्ट सुनिन्थ्यो र कसैलाई मिश्र भन्दै थिए, ‘क्षेत्र नम्बर २ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लागौं, वडाहरुमा टिम राम्ररी परिचालित हुनुपर्यो ।’ पछिल्लो समयमा अस्पतालमा बस्न थालेको दिनदेखी नै अर्थोपेडिक विभागको १ नम्बर क्याविनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड बढिरहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार उक्त क्याविनभित्र मिश्रको उपचार गर्ने कामभन्दा चुनावी छलफल गर्ने गोप्य स्थान बनेको छ । नेपालगन्ज कारागार प्रशासनले उनको साथमा सादा पोशाकका एक जना सुरक्षाकर्मी बाहेक अन्य कुनैपनि कुरामा प्रतिबन्ध लगाएको छैन । ‘अस्पतालको क्याविनबाटै आफ्ना मोबाईल फोनहरु प्रयोग गरेर मिश्रले नेता तथा कार्यकर्तालाई यहाँ बोलाउँछन् र चुनावी रणनीति अनुसार परिचालन गरिरहेका छन्,’ स्वास्थ्यकर्मी भन्छन् ।

ADVERTISEMENT

चुनावको मुखमा बैंकिङ कसुर मुद्दाका मुख्य अभियुक्त मिश्रलाई यस्तो सुविधा दिलाउनमा राजनीतिक शक्ति केन्द्र, प्रहरी, प्रशासनदेखी चिकित्सक समेतको मिलेमतो रहेको ति स्वास्थ्यकर्मीले बताएका छन् । ‘अस्पतालको क्याविन अहिले चुनावी रणनीति बनाउने ठाउँ बनेको कुरालाई स्वीकार गर्दै गर्दा हामीलाई पनि यो कुरा अप्ठ्यारो लागिरहेको छ, माथीदेखी तलसम्म मिलेपछि हाम्रो के नै लाग्छ र ?,’ अस्पताल स्रोतले भन्यो । मिश्रका बारेमा अस्पतालका स्वास्थ्यकर्मी तथा नर्सहरुले समेत मुख खोल्न चाहदैनन् । स्वास्थ्यकर्मीका अनुसार डाक्टरको अनुमतिबाट क्याविनमा बसिरहेका अभियुक्त मिश्रमा भने बिरामीको कुनै लक्षण छैन । उनको स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मी तथा नर्सहरु नै अलमलमा देखिन्छन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी नेता मिश्रको स्वास्थ्यमा केही समस्या देखिएको भन्दै कारागारबाट ल्याएर भर्ना गरिएको र अब छिट्टै डिस्चार्ज हुने बताए । ‘उहाँ उपचारका लागि आउनु भएको हो भन्ने मलाई जानकारी मात्रै छ, क्याविनमा बसेर के के गर्दै हुनुहुन्छ, त्यो कुरा मलाई थाहा भएन,’ उनले भने ।

नेपालगन्ज कारागार कार्यालयका प्रमुख(जेलर) प्रकाश ढुंगानाले ‘कैदी’ मिश्रको शंकास्पद गतिविधि आफुले चेतावनी दिइसकेको बताए । ‘चुनावको मुखमा अस्पतालमा भर्ना हुनु भएको छ, तर तपाईको गतिविधि अर्कै सुनिन्छ, यसमा विचार पुर्याउनुस् है भनेर मैले चेतावनी दिइसकेको छु,’ उनले भने, ‘उहाँले अस्पतालमा बसेर राजनीतिक गतिविधि गर्नु भएको रहेछ भने कारागार प्रशासनले कारबाही गर्नेछ ।’ अभियुक्त मिश्र उपचारका लागि अस्पतालमा भर्ना भएको र डाक्टरको सल्लाह अनुसार यतिदिन सम्म क्याविनमा बसेको ढुंगानाले बताए ।

कानुनी क्षेत्रका अगुवाका अनुसार अदालतबाट पुर्पक्षका लागि थुनामा रहेको प्रतिवादी यसरी उपचारको निहुँमा पटक–पटक अस्पतालमा सुविधा लिएर बस्न पाइदैन । नेपाल बार एशोसियशनका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बिरामीको निहुँमा अस्पतालमा बसेर कैदी, बन्दीले राजनीतिक लगायतका कुनैपनि गतिविधि गर्न नपाउने बताए । कारागार प्रशासन नै प्रभावमा परेर यस्ता गतिविधि गर्ने ब्यक्तिलाई छुट दिने गरेको उनी बताउँछन् । ‘विचार अरु कैदी बन्दीको अवस्था कारागारभित्र कस्तो दयनीय छ, उनीहरुले भनेको बेला उपचार गराउन पाउँदैनन्, तर शक्तिशाली र पहुँचवालालाई सधैं छुट हुन्छ,’ श्रेष्ठले भने ।

अस्पतालका अनुसार प्रतिवादी मिश्र अदालतबाट आदेश भएर पुर्पक्षका लागि कारागार चलान भएयता करिव १०÷१२ पटक यसरी नै भेरी अस्पतालमा आएर महिनौं सम्म क्याविन लिएर बस्छन् । यस्तै गरेर उनी नेपालगन्जको नर्सिङ होम(संजिवनी अस्पताल)मा पनि क्याविन लिएर औषधी उपचारको बहानामा बस्ने गर्छन् ।

मिश्र लामो समयसम्म कर्णाली विकास बैंकको अध्यक्ष भएर नेतृत्व गरेका थिए । बैंकको अध्यक्ष भएयता उनले विभिन्न उद्योग, कलकारखाना तथा होटल ब्यवसायमा लगानी गरेका थिए । बैंकको अध्यक्ष चलाएर निजी क्षेत्रमा धमाधम एकपछि अर्को काममा हात हाल्न थालेपछि उनी कुनै समयमा चर्चामा आएका थिए ।

२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा एमालेले उनलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको थियो । त्यतिबेला तत्कालिन संघिय समाजवादी पार्टीका नेता रहेका मोहम्मद इश्तियाक राईसँग पराजित भएका थिए । राईले २१ हजार ५ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका १५ हजार ९ सय ५१ मत ल्याएका थिए ।

त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए । बिष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।

मिश्रविरुद्ध हाल बैंकको रकम अपचलन मुद्दा चलिरहेकाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि यसपटक भने एमालेको उम्मेदवार बन्न पाएनन् । तरपनि, पार्टीको उम्मेदवारलाई जिताउन रणनीतिक रुपले आफ्ना कार्यकर्ता परिचालन गर्न पार्टीले अनौपचारिक रुपमा जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

Share666Tweet408SendShare
Previous Post

बाँकेका प्रेम चौधरीलाई ६५ तोला सुन सहित प्रहरीले काठमाडौंमा गोलि हानेर नियन्त्रणमा लियो

Next Post

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
Next Post
९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?