ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ

News Desk by News Desk
१०:०३ मध्यान्ह, माघ २२, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
388
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ २३ गते ।
सरकारले बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ गरेको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ जारी गर्दै यस्तो कडाइ गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गरी आयोजनाहरूको कार्यान्वयनमा अनुशासन र प्रभावकारिता ल्याउन यो मापदण्ड बनाइएको मन्त्रालयले बताएको छ । अर्थमन्त्रीस्तरको निर्णयअनुसार यो मापदण्ड लागु हुनेगरी जारी गरेको हो ।

नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाका रूपमा स्रोत सहमति प्राप्त गर्न आयोजनाको पूर्वतयारी पूर्ण भएको हुनुपर्नेछ । साधारण आयोजनाको हकमा कुल लागत अनुमान ५० करोड रुपैयाँभन्दा बढी र सरकारी भवन निर्माण वा सेवा खरिद आयोजनाको हकमा २० करोड रुपैयाँभन्दा बढी लागत हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

“राष्ट्रिय गौरवका आयोजनाको हकमा आयोजनाको सम्पूर्ण अवधि र अन्य आयोजनाको हकमा एक आर्थिक वर्षभन्दा बढी अवधिलाई बहुवर्र्षीय आयोजना मानिनेछ,” मापदण्डमा उल्लेख छ ।

सम्बन्धित समाचार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

यससँगै, प्रस्ताव पेस गर्ने प्रक्रिया र समय सीमा सम्बन्धित मन्त्रालय वा निकायले बहुवर्षीय आयोजनाको स्रोत सहमतिका लागि कात्तिक मसान्तभित्र राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । प्रस्तावका साथमा विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन, वार्षिक खरिद योजना र राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भएको विवरण अनिवार्य गरिएको छ ।

यद्यपि, आर्थिक वर्ष २०८२÷८३ को लागि भने विशेष व्यवस्था गरिएको छ । जसअनुसार मन्त्रालयहरूले पुस मसान्तभित्र आयोगमा प्रस्ताव पेस गर्न सक्नेछन् । साथै, आयोगले माघ १५ भित्र सिफारिस गरिसक्नु पर्ने बताइएको छ ।

“स्रोत सहमतिका लागि प्रस्ताव गर्दा आयोजनाको कुल अनुमानित लागतको न्यूनतम एकचौथाइ २५ प्रतिशत रकम विनियोजन भएको हुनुपर्नेछ,” मापदण्डमा भनिएको छ, “राष्ट्रिय योजना आयोगले सुरु विनियोजन रकमको चार गुणाभन्दा बढी नहुने गरी मात्र सिफारिस गर्न पाउनेछ । यद्यपि, मोटरेबल पुल, झोलुंगे पुल, विपद् व्यवस्थापन र महामारीसम्बन्धी कार्यमा यो सीमा लागु हुने छैन ।”

ADVERTISEMENT

यस्तो स्रोत सहमतिको अवधि बढीमा तीन आर्थिक वर्षको हुनेछ । तर, राष्ट्रिय गौरवका आयोजना वा ठूला ठेक्काको हकमा प्रकृतिका आधारमा तीन वर्षभन्दा बढी हुन सक्ने उल्लेख छ । यदि स्रोत सहमति प्राप्त भएको आर्थिक वर्षभित्र खरिद प्रक्रिया अगाडि नबढेमा त्यस्तो सहमति स्वतः निष्क्रिय हुने व्यवस्था मापदण्डमा उल्लेख छ ।

यसअनुरुप आयोगले प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी मंसिर १५ गतेभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ भने मन्त्रालयले पुस १५ गतेभित्र अन्तिम निर्णय गरी सम्बन्धित निकायलाई जानकारी दिनुपर्नेछ । वैदेशिक सहायता प्राप्त आयोजनाहरूको हकमा भने नेपाल सरकारले व्यहोर्नुपर्ने अंश मध्यमकालीन खर्च संरचनामा समावेश गरिएको भए छुट्टै स्रोत सहमतिको आवश्यकता पर्ने छैन ।

आयोजना कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रालय वा निकायको हुनेछ र उनीहरूले आगामी वर्षहरूको दायित्वलाई आफ्नो बजेट सीमाभित्रै व्यवस्थापन गर्नुपर्नेछ । स्रोत सहमति प्राप्त आयोजनाहरूको अनुगमन तथा मूल्यांकन आयोग र सम्बन्धित मन्त्रालय दुवैले गर्ने व्यवस्था गरिएको छ ।

Share159Tweet96SendShare
Previous Post

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

Next Post

जनताको विश्वास जित्दै कमरुद्दिन राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, दुइटालाई २ करोड जरिवाना
आर्थिक

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

२:२९ बिहान, बैशाख ११, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

लक्ष्यमा चुक्यो नेपालगन्ज भन्सार, आधा पनि राजस्व उठेन

१२:१३ बिहान, चैत्र ८, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारबाट सात महिनामा ४४ अर्बभन्दा बढी आयात

१०:४८ मध्यान्ह, फाल्गुन १७, २०८२
Next Post
जनताको विश्वास जित्दै कमरुद्दिन राई

जनताको विश्वास जित्दै कमरुद्दिन राई

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?