ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

News Desk by News Desk
११:१४ मध्यान्ह, फाल्गुन २, २०८२
बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ मध्ये आठ जनाले मात्रै बैङ्क खाता खोलेका छन् । निर्वाचन क्षेत्र नं १ मा चार, निर्वाचन क्षेत्र नं २ मा दुई र निर्वाचन क्षेत्र नं ३ मा दुई उम्मेदवारले मात्रै बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले खाता नखोलेका अन्य उम्मेदवारलाई पनि खाता खोल्न आग्रह गरिएको बताए ।

“बैङ्कमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ,” उनले भने । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैङ्क खाता प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

अनुगमन अधिृकृत खत्रीले निर्वाचन आयोगमा उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैङ्क तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पु¥याउने बताए । उनले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

यसैबीच मतदाता शिक्षाका लागि स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई तालिम दिइएको छ । जिल्लाको आठ स्थानीय तहका आठ जनालाई सो तालिम दिइएको र तालिम पाएका अधिकृत कर्मचारीले आफ्नो पालिकामा रहेका स्वयंसेवकलाई तालिम दिन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्वयंसेवकलाई प्रदान गरिने तालिम केहीले सम्पन्न गरिसकेको र केहीले आज नै गर्न लागेको जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले आइतबारदेखि मतदाता शिक्षा सुरु गरिएको बताए ।

जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा २३, कोहलपुर नगरपालिकामा १५, राप्तीसोनारी गाउँपालिकामा ९, नरैनापुर गाउँपालिकामा ६, डुडुवा गाउँपालिकामा ६, जानकी गाउँपालिकामा ६, बैजनाथ गाउँपालिकामा ८ र खजुरा गाउँपालिकामा ८ वडा रहेका छन् । यी सबै वडामा बदर मत घटाउने उद्देश्यले प्रत्येक वडामा एक–एक स्वयंसेवक परिचालन हुनेछन् । बाँकेमा कुल ८१ वडा कार्यालय छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार नमूना मतपत्रमार्फत मत सङ्केत गर्ने, कागजात मिलाएर लैजाने लगायतका विषय गाउँ, बस्तीमा स्वयंसेवकले सिकाउने छन् । मतदाता शिक्षा फागुन ३ गतेदेखि १७ सम्म सञ्चालन हुनेछ । “यसको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,” उनले भने ।

ADVERTISEMENT

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १३९ मतदानकेन्द्र र ४०० मतदानस्थल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म दुई हजार ३३८ अस्थायी मतदाताका रुपमा समेत दर्ता भएका छन् ।

Share159Tweet99SendShare
Previous Post

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

Next Post

बाघ आतंक : एक सातामै तीनको ज्यान, कालीमाटीका बासिन्दा त्रसित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाघ आतंक : एक सातामै तीनको ज्यान, कालीमाटीका बासिन्दा त्रसित

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?