दाङ चैत १३ गते ।
दाङको तुलसीपुरमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–१९, दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। कमलाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
घटनापछि प्रहरीले आरोपित गोपाल वलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post