ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

News Desk by News Desk
४:३८ बिहान, चैत्र १३, २०८२
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत १३ गते।
बाँके जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा पछिल्लो समय मोतिविन्दुका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्लाका विभिन्न स्थानमा समय–समयमा सञ्चालन हुने निःशुल्क आँखा उपचार शिविरमा समेत मोतिविन्दुका बिरामीको उपस्थिति उल्लेख्य देखिएको छ।

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालका अनुसार, गत वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमा ठूलो सङ्ख्यामा मोतिविन्दुका बिरामी भेटिएका थिए। चालु वर्षमा पनि त्यस्ता बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको जनाइएको छ।

हाल कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच शिविरमा पनि उल्लेख्य सङ्ख्यामा मोतिविन्दुका बिरामी फेला परेका छन्। तिलगङ्गा आँखा प्रतिष्ठान र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा तीन दिनसम्म सञ्चालन गरिएको उक्त शिविरमा ८९५ जनाले सेवा लिएका थिए। तीमध्ये १६९ जना बिरामीलाई मोतिविन्दुको शल्यक्रियाका लागि छनोट गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले जानकारी दिएका छन्।

नगर स्वास्थ्य प्रवर्धन केन्द्र, अकलघरवा (वडा नं. १५) मा २६६ जनाले आँखा जाँच गराएका थिए, जसमा १७७ महिला र ८९ पुरुष रहेका थिए। त्यसमध्ये ४२ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

त्यसैगरी, वडा नं. ४ स्थित रझेना स्वास्थ्य चौकीमा ३५५ जनाले सेवा लिएका थिए। यसमध्ये २२५ महिला र १३० पुरुष रहेका थिए भने ६९ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ।

वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २७४ जनाले सेवा लिएका थिए, जसमा १६७ महिला र १०७ पुरुष रहेका थिए। यहाँबाट ५८ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि छनोट गरिएको छ।

नगर प्रमुख आचार्यका अनुसार, यस्ता निःशुल्क आँखा शिविरहरूले ग्रामीण तथा सहरी क्षेत्रका आँखासम्बन्धी समस्याबाट पीडित नागरिकलाई सेवा प्रदान गर्नुका साथै उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

कोहलपुरमा सञ्चालन भइरहेको निःशुल्क आँखा शिविर आगामी चैत १५ गतेसम्म जारी रहने छ। शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको अपरेसन चैत १६, १७ र १८ गते कोहलपुर नगर अस्पतालमा निःशुल्क रूपमा गरिने जनाइएको छ।

Share151Tweet95SendShare
Previous Post

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Next Post

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ओली र रमेश लेखक पक्राउ

ओली र रमेश लेखक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?