बाँके चैत १७ गते ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१४, कल्लुपूर्वा गाउँमा सडक स्तरउन्नति कार्यक्रमअन्तर्गत पक्की नाला निर्माण कार्य आजदेखि सुरु गरिएको छ ।
उक्त योजना प्रदेशसभा सदस्य अम्बिका काफ्लेको विशेष पहलमा विनियोजन गरिएको हो । प्रदेशसभा सदस्य काफ्लेले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै योजना कार्यान्वयनमा ल्याइएको बताइन् ।
उनले वर्षौंदेखि रहँदै आएको पानी निकासको समस्या समाधान गर्ने उद्देश्यले नाला निर्माण सुरु गरिएको बताउँदै यसले वर्षायाममा हुने डुबान तथा सडक क्षतिको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गरिन् ।
“स्थानीयवासीको दैनिकी सहज बनाउने र दीर्घकालीन विकास सुनिश्चित गर्ने लक्ष्यसहित यस्ता योजनालाई अघि बढाइएको हो,” काफ्लेले भनिन् ।
निर्माण कार्य समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ । योजना सम्पन्न भएपछि स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।












Discussion about this post