ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

News Desk by News Desk
७:४७ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
400
सेयर
400
VIEWS
ShareTweetSendShare

बर्दिया, जेठ २५ गते ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोलीले बर्दियामा सञ्चालन गरेको विशेष निगरानी तथा सूचनाको आधारमा गरेको कारबाहीमा ४३ लाख ६१ हजार ८४० रुपैयाँभन्दा बढी मूल्यका अवैध भन्सार छलीका सामान तथा सवारी साधन बरामद गरेको छ।

प्रहरीका अनुसार मधुबन नगरपालिका–८, सानोश्री क्षेत्रमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा दुई जना भारतीय नागरिकसहित दुई वटा बोलेरो गाडी, एक मोटरसाइकल र ठूलो परिमाणमा केरा नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा परेकामध्ये भारतको बहराइच जिल्ला, फकलपुर गाउँका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खान रहेका छन्। उनीहरूसँगै लु.१ च ९१५९ र भे.१ च ३५८० नम्बरका दुई वटा बोलेरो गाडी, भे.१२ प ९९२१ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल तथा ३ हजार ७९० दर्जन केरा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सवारी साधन र केराको अनुमानित मूल्य २५ लाख ५९ हजार रुपैयाँ रहेको छ। उक्त सामान तथा व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढोडरी, बर्दियामा बुझाइएको छ।

सम्बन्धित समाचार

घुससहित वन अधिकृत पक्राउ

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

यसैबीच, मधुबन नगरपालिका–६ मा अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान गोदाम गरी राखिएको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेको थियो। कारबाहीका क्रममा कोपिला खत्रीको घरमा रहेको गोदामबाट मटर, कालो प्लास्टिक र सुर्तीजस्ता सामान बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य ५ लाख ४१ हजार ७२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पदमराज चौधरीको घरमा रहेको गोदामबाट कमला पसन्द, बिडी, विभिन्न ब्रान्डका सुर्ती, चुरोट, सुपारी तथा प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ। ती सामानको अनुमानित मूल्य १२ लाख ६१ हजार १२० रुपैयाँ रहेको छ।

दुवै गोदामबाट बरामद गरिएका सामानको कुल मूल्य १८ लाख २ हजार ८४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

एकै दिनमा गरिएको दुई छुट्टाछुट्टै कारबाहीबाट कुल ४३ लाख ६१ हजार ८४० रुपैयाँ बराबरका अवैध सामान तथा सवारी साधन बरामद हुनु लुम्बिनी प्रदेश प्रहरीको पछिल्लो समयको उल्लेखनीय सफलतामध्ये एक मानिएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध आयात तथा तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोलीले निगरानी थप प्रभावकारी बनाएको छ। प्रहरीको निरन्तर सक्रियताका कारण तस्करीमा संलग्न समूहहरू माथि दबाब बढ्दै गएको छ भने अवैध कारोबार नियन्त्रणमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ। “सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले कारबाहीलाई निरन्तरता दिएको छ,” प्रहरी स्रोतले जनाएको छ।

Share160Tweet100SendShare
Previous Post

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

Next Post

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
Next Post
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?