ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

११ जिल्लामा फैलिएको संक्रमण सात जिल्लाबाट पूर्ण रूपमा नियन्त्रण, किसानलाई ५० करोडभन्दा बढी राहत वितरण

News Desk by News Desk
१२:४८ बिहान, साउन ७, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
382
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं, साउन ७ गते ।
देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणउन्मुख बनेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा नयाँ सङ्क्रमण पुष्टि भएको छैन। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१, सुन्दरीजलमा संक्रमण देखिएपछि त्यस क्षेत्रसहित आसपासका स्थानमा निगरानी र परीक्षणलाई तीव्र बनाइएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी परीक्षण भइरहेको छ। हालसम्म नयाँ सङ्क्रमण नदेखिएकाले अवस्था नियन्त्रणमा रहेको उनले बताए।

‘अहिले अवस्था नियन्त्रणमै छ। प्रभावित क्षेत्र आसपासबाट नमुना सङ्कलन गरेर नियमित परीक्षण गरिरहेका छौं,’ उनले भने।

विभागका अनुसार बर्डफ्लु पहिलो पटक चैत ४ गते केन्द्रीय पशु तथा पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। पहिलो संक्रमण मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा देखिएको थियो।

सम्बन्धित समाचार

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

संक्रमण सबैभन्दा बढी व्यावसायिक रूपमा अण्डा उत्पादन गर्ने लेयर्स कुखुरामा देखिएको विभागले जनाएको छ। त्यसबाहेक प्यारेन्ट स्टक, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा पनि रोग फैलिएको थियो। हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागको दाबी छ। काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा ३२, ललितपुर (सदर चिडियाखानासहित) मा १५ र भक्तपुरमा ४५ स्थानमा संक्रमण देखिएको थियो। काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।

आठ लाखभन्दा बढी पन्छी नष्ट

संक्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ। त्यस्तै ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना पनि नष्ट गरिएको छ।

ADVERTISEMENT

वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

किसानलाई ५० करोडभन्दा बढी राहत

बर्डफ्लुबाट प्रभावित किसानलाई राहत वितरणको काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। सरकारले रकमान्तरमार्फत ५२ करोड रुपैयाँ व्यवस्थापन गरेकोमा हालसम्म १०४ जना किसान तथा पन्छी फार्मलाई ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत निकासा गरिसकेको महानिर्देशक दाहालले जानकारी दिए।

अण्डा र मासुको बजारमा सुधार

संक्रमण घट्दै गएसँगै बजारमा कुखुराको मासु र अण्डाको माग पनि बढ्न थालेको छ। संक्रमणका कारण केही महिनाअघि मूल्य घट्दा किसानले ठूलो आर्थिक क्षति बेहोरेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने अवस्था समेत आएको थियो।

विभागका अनुसार अहिले देशभरका पन्छी रोग अन्वेषण प्रयोगशालाबाट नियमित परीक्षण भइरहेको छ। सरकारी निकायको सक्रियता, किसानको सहयोग र निगरानीका कारण थप संक्रमण फैलिने जोखिम न्यून बन्दै गएको विभागको निष्कर्ष छ।

Share153Tweet96SendShare
Previous Post

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

Next Post

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?