ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

News Desk by News Desk
९:०४ बिहान, साउन १५, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके, साउन १५ गते ।
सुनसरी र सिराहामा भएका घटनापछि त्यसको प्रभाव अन्य क्षेत्रमा पर्न नदिन तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली निकालिने भएको छ । नेपालगन्जमा विभिन्न समुदायबीचको सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले स्थानीय तहदेखि प्रशासनसम्मले सक्रियता बढाएका बेला र्‍याली आयोजना गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शनिबार बिहान ७ः३० बजे बीपी चोकबाट र्‍याली निकाल्ने निर्णय गरेको हो । ¥याली धम्बोझीस्थित वीरेन्द्र चोकसम्म पुग्नेछ । र्‍यालीमा राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, संघसंस्था तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले पछिल्ला घटनाबाट उत्पन्न संवेदनशील अवस्थालाई ध्यानमा राख्दै जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

बैठकले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहामा साउन १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक हुनु र दोषीमाथि कानुनी कारबाही हुनु नै सामाजिक तनाव कम गर्ने महत्वपूर्ण आधार हुनेमा बैठकमा सहभागीहरूले जोड दिएका थिए ।

नेपालगन्ज बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायको बसोबास रहेको सहर भएकाले पछिल्ला घटनाको प्रभाव यहाँ पर्न नदिन प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बैठकमा सहभागीहरूको भनाइ थियो । विगतमा पनि विभिन्न समुदायबीच देखिएका असमझदारी संवाद र स्थानीय तहको पहलबाट समाधान हुँदै आएका कारण अहिले पनि संयमित व्यवहार र आपसी संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

बैठकले सार्वजनिक स्थानमा डीजे तथा साउन्ड सिस्टम बजाउन लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत दोहो¥याएको छ । धार्मिक तथा सामाजिक कार्यक्रमका क्रममा हतियार प्रदर्शन नगर्न आग्रह गर्दै परम्परागत रूपमा प्रयोग हुने हतियारलाई सांस्कृतिक प्रतीकका रूपमा मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।

ADVERTISEMENT

प्रशासनले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना, उत्तेजक सामग्री तथा अफवाहका कारण सामाजिक वातावरण प्रभावित हुन सक्ने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ । कुनै पनि घटनालाई लिएर उत्तेजित हुने वा समुदायबीच अविश्वास बढाउने गतिविधि नगर्नसमेत बैठकले आग्रह गरेको छ ।

सद्भाव र्‍यालीलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई नेपालगन्जको सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश दिने अवसरका रूपमा अघि बढाउने तयारी गरिएको छ । त्यसका लागि विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, सामाजिक संघसंस्था र नागरिकलाई सहभागी गराउने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

बैठकमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो ।

Share158Tweet99SendShare
Previous Post

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

Next Post

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?