ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

जावेद अन्सारी by जावेद अन्सारी
२:२५ बिहान, साउन १६, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
431
सेयर
431
VIEWS
ShareTweetSendShare

बाँके, साउन १६ गते ।
सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न शनिबार नेपालगञ्जमा सद्भाव र्‍याली निकालिएको छ। पूर्वी तराईका केही जिल्लामा उत्पन्न तनावको प्रभाव सामाजिक सद्भावमा पर्न नदिन र्‍याली आयोजना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा निकालिएको र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा प्रतिनिधिसभा सदस्य, पूर्वसंविधानसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।वीपी चोकबाट सुरु भएको र्‍याली धम्बोझीको वीरेन्द्र चोक पुगेको थियो। वीरेन्द्र चोकमा र्‍यालीपछि दीप प्रज्ज्वलन तथा मौनधारण गरिएको थियो। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्ने दायित्व सबै पक्षको भएको बताए। उनले सामाजिक सद्भाव कायम भए मात्र जिल्लाको विकास र समृद्धिको परिकल्पना गर्न सकिने बताए। ‘जिल्लामा सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी तामाङले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन आग्रह गरे। उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने अपुष्ट सूचनाको पछि नलागी सत्यतथ्य सूचना मात्र विश्वास गर्न आग्रह गरे।शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। बाँकेमा कायम रहेको आपसी सद्भाव र सहिष्णुताको वातावरणलाई थप सुदृढ बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उनले बताए।

नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पूर्वी तराईमा भएका घटना दुःखद भएको बताए। त्यस्ता घटनाबाट बाँकेबासीले पाठ सिक्दै सामाजिक एकता र सद्भावलाई अझ बलियो बनाउनुपर्ने उनको भनाइ थियो। ‘सद्भावको सहरका रूपमा नेपालगञ्ज चिनिन्छ। यसलाई बरकरार राख्ने हामी सबैको दायित्व हो,’ उनले भने।शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार बिहान र्‍याली निकालिएको हो।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

नेपालगञ्ज लामो समयदेखि धार्मिक तथा सामाजिक विविधताबीचको सहअस्तित्वका लागि परिचित सहरका रूपमा चिनिँदै आएको छ। पछिल्ला घटनाको प्रभाव जिल्लामा पर्न नदिन प्रशासनले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सर्वसाधारणलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

ADVERTISEMENT
Share172Tweet108SendShare
Previous Post

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

Next Post

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

बाँकेमा २५ प्रतिशत रोपाइँ

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?