ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

News Desk by News Desk
७:४३ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, साउन १५ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा जेष्ठ नागरिकका लागि क्लब तथा मिलन केन्द्र सञ्चालनमा आएको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक कार्यक्रमबीच जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्रको उद्घाटन गरेका हुन्।

जेष्ठ नागरिकलाई आफ्नो उमेर समूहका साथीभाइसँग भेटघाट, भलाकुसारी तथा मनोरञ्जनका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले बताए।उनका अनुसार जेष्ठ नागरिकका लागि नियमित रूपमा भेटघाट गर्ने, अनुभव आदानप्रदान गर्ने र फुर्सदको समय सिर्जनात्मक रूपमा बिताउने स्थानको अभाव देखिएपछि मिलन केन्द्र स्थापना गरिएको हो।

‘जेष्ठ नागरिकलाई समय बिताउन, मनोरञ्जन गर्न र आफ्ना दौतरीसँग भलाकुसारी गर्ने थलो नहुँदा विभिन्न समस्या देखिएका थिए,’ अध्यक्ष शर्माले भने, ‘उहाँहरूलाई एकै ठाउँमा भेटघाट गर्ने र आफ्ना अनुभव साटासाट गर्ने वातावरण बनाउन केन्द्र सञ्चालनमा ल्याएका हौँ।’केन्द्रको उद्घाटन गर्दै मेयर प्रशान्त विष्टले जेष्ठ नागरिक देश र समाजका महत्वपूर्ण सम्पत्ति भएको बताए। जेष्ठ नागरिकको ज्ञान, अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताले उहाँहरूबाट सिक्नुपर्ने उनको भनाइ थियो।

‘जेष्ठ नागरिक समाजका गहना हुन्। गहनाले शरीर सुन्दर देखिएजस्तै जेष्ठ नागरिकले समाजलाई सुन्दर बनाउँछन्,’ मेयर विष्टले भने, ‘उहाँहरूले देखाएको बाटोमा हिँड्न सके मात्र देश र समाजको विकास सम्भव हुन्छ।’उनले स्थानीय तहले जेष्ठ नागरिकको सम्मान, स्वास्थ्य तथा सामाजिक सुरक्षाका क्षेत्रमा आवश्यक सहजीकरण गर्दै जाने बताए। जेष्ठ नागरिकलाई एक्लोपनबाट टाढा राख्न यस्ता मिलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठले विकास निर्माणदेखि सामाजिक तथा पारिवारिक क्षेत्रमा जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताइन्। जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई समाज निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्। ‘जेष्ठ नागरिकको भूमिका अतुलनीय छ। उहाँहरूको सम्मानले मात्र समाज र परिवार सुखी बन्न सक्छ,’ श्रेष्ठले भनिन्।नेपालगन्ज उपमहानगरपालिका–१२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले वडा क्षेत्रका जेष्ठ नागरिकका लागि मिलन केन्द्र विश्राम तथा भेटघाट गर्ने ‘बिसौनी’का रूपमा विकास हुने बताए। केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्दै जेष्ठ नागरिकको आवश्यकता र रुचिअनुसार विभिन्न गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले बताए।नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जेष्ठ नागरिकको सम्मान र संरक्षण परिवार तथा समाजको साझा दायित्व भएको बताए। जेष्ठ नागरिकले जीवनभर समाज र राष्ट्रका लागि गरेको योगदानको कदर गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा लाइफलाइन अस्पतालका सञ्चालक तथा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. पारस श्रेष्ठले जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन लाइफलाइन अस्पतालले विशेष छुटको व्यवस्था गर्ने बताए। वरिष्ठ दन्त सर्जन डा. प्रतीक श्रेष्ठले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा जेष्ठ नागरिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।मिलन केन्द्र सञ्चालनको अवसरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्वास्थ्य शिविरमा जेष्ठ नागरिकको सुगर, प्रेसर, थाइराइडलगायत स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष शर्माले जानकारी दिए।केन्द्रमा जेष्ठ नागरिकले नियमित भेटघाट, भलाकुसारी तथा मनोरञ्जन गर्न पाउनेछन्। आगामी दिनमा स्वास्थ्य सचेतना, सामाजिक अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अन्य सिर्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको क्लबले जनाएको छ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

Next Post

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
Next Post
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?