ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

News Desk by News Desk
७:१८ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २५ गते ।
रसुवा–भोटेकोसी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन बाँकेको कोहलपुरका एक दम्पतीका तीन सन्तानलाई भारतको उत्तर प्रदेशस्थित एक समाजसेवी परिवारले आर्थिक सहयोग गरेको छ।

कोहलपुर नगरपालिका–१२ का वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशी भदौ १० गतेदेखि सम्पर्कविहीन छन्। रसुवागढी नाकामा पार्किङ व्यवस्थापनको काम गर्दै आएका उनीहरू बाढीपहिरोमा परेपछि सम्पर्कविहीन भएका हुन्।

अभिभावक नै सम्पर्कविहीन भएपछि उनीहरूका तीन सन्तानको सहयोगका लागि भारतको उत्तर प्रदेश, लखिमपुर खिरीस्थित गोला गोकर्णनाथका समाजसेवी केशवराम अग्रवाल परिवार अघि आएको हो।

अग्रवाल परिवारले भारतीय एक लाख रुपैयाँ सहयोग गरेको हो। नेपाली रुपैयाँमा करिब एक लाख ६० हजार बराबर हुने उक्त सहयोगमध्ये तत्काल एक लाख रुपैयाँ जोशी परिवारलाई हस्तान्तरण गरिएको छ।

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

अग्रवालले आफ्ना छोरा मधुर र अमित अग्रवालमार्फत नेपालगन्जका वरिष्ठ सुनचाँदी व्यवसायी सकिल अहमद जसगढसँग समन्वय गरी रकम पठाएका थिए। जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको रोहबरमा श्री नेपाल ज्वेलर्सका सञ्चालक जसगढले जोशी परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे।

जोशी दम्पतीका जेठा छोरा सन्तोष आफ्ना मामासहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनले सहयोग रकम बुझेका हुन्।

परिवारलाई तत्काल नगद आवश्यक देखिएकाले पहिलो चरणमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको जसगढले बताए।

ADVERTISEMENT

‘परिवारलाई तत्काल आवश्यक परेकाले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको हो,’ जसगढले भने, ‘बाँकी ६० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक सामग्री खरिदमा खर्च गरिनेछ।’

जोशी दम्पतीका तीन सन्तानमध्ये जेठा सन्तोषले प्लस टु अध्ययन पूरा गरेका छन्। बहिनी सुनीता स्वास्थ्य विज्ञानमा उच्च शिक्षा अध्ययनको तयारीमा छिन् भने भाइ सुनील कक्षा ८ मा अध्ययनरत छन्।

अभिभावक सम्पर्कविहीन भएपछि दुई साना सन्तानको पढाइ निरन्तरता दिनसमेत समस्या हुने देखिएको छ। उनीहरूको शिक्षामा सहयोग पु¥याउने विषयमा अग्रवाल परिवारसँग समन्वय भइरहेको जसगढले बताए।

‘साना दुई बच्चाको अध्ययन खर्चमा समेत सहयोग गर्न सकिने गरी दातासँग समन्वय भइरहेको छ,’ उनले भने।

जडीबुटी कारोबारमा संलग्न अग्रवाल परिवारले विपद्मा परेका परिवारलाई सहयोग गर्न इच्छुक अन्य परिवारसँग समेत समन्वय गरी मानवीय सेवामा सहकार्य गर्ने इच्छा व्यक्त गरेको जसगढले बताए।

जसगढ स्वयंले पनि यसअघि प्रधानमन्त्री राहत कोषमा दुई लाख ११ हजार रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए।

Share148Tweet93SendShare
Previous Post

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

Next Post

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
Next Post
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?