काठमाडौें, असोज ८ गते ।
नेकपा एमालेले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
पार्टीको विधानमा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत गरिएको एमालेले जनाएको छ।
एमालेले सात जनालाई स्थायी कमिटी सदस्यमा समेत मनोनीत गरेको छ। यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।
बिहीबार मनोनीत गरिएका ३३ जना केन्द्रीय सदस्यमध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा आएका नेता रहेको पार्टीले जनाएको छ।
यी हुन् मनोनीत केन्द्रीय सदस्य
एमालेले मनोनीत गरेका केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री र सुरेन्द्र उदास छन्।
अन्य पार्टीबाट एमालेमा आएका
अन्य राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका नेतामध्ये मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।
एमालेले पछिल्लो समय पार्टी संगठन विस्तार र जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। नयाँ सदस्यको मनोनयनसँगै पार्टीको केन्द्रीय संरचनामा विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका नेताहरूलाई समेटिएको एमालेले जनाएको छ।











Discussion about this post