हुम्ला मंसिर ११ गते । महुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको जानकारी दिए ।
मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको सनाखत हुन सकेका छैन। अनलाईन खबरबाट साभार
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post