ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीकै सबैभन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
११:०५ बिहान, मंसिर १३, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सुर्खेत मंसिर १३ गते । कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबै भन्दा ठूलो राशीको साहित्यिक पुरस्कारको स्थापना गरेको छ । नगद पचास हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै सबै भन्दा ठूलो पुरस्कार राशीको स्थापना भएको छ । यस वर्ष उक्त पुरस्का २०७५ सालमा नेपाल भरिबाट प्रकाशित भएका कृतिहरु मध्येबाट महेश थापाले लेखेको मरीचिकालाई पदान गर्न लागिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतद्धारा हस्तारित विज्ञप्तिमा जनाइएको छ ।
यसैगरि साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु मध्येबाट छनोट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालिकोटका बुद्धिसागरलाई प्रदान गर्न लागिएको जनाइएको छ ।
साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधन सम्मान दैलेखका स्रष्टा कवि निबन्धकार एवम् पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिने बताइएको छ । उनी राससका अध्यक्ष समेत हुन् ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ,
‘भाषा साहित्यको जगेर्नामा हामी सबैको हातेमालो भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७५ साल चैत्र ९ गतेको शुभदिनमा कर्णाली साहित्य समाजको स्थापना भएको हो । कारागारलाई किताब अभियानका संयोजक एव्म मदन पुरस्कार प्राप्त साहित्यकार कथाकार महेशविक्रम शाहको विशेष पहलमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापना कालको छोटो अवधिमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
भनिन्छ, कर्णाली पछाडि परेको छ । कर्णालीलाई पछाडि पारिएको छ । गरिबी, अशिक्षा, रोग, भोक जस्ता दर्दनाक उपमा राखेर कर्णालीलाई चिनिन्छ र चिनाइन्छ । कर्णालीसँग जोडिने यी उपमाहरुलाई बदल्नका लागि तपाई हामी सबैको हातेमालो हुनु जरुरी छ । नेपाली भाषाको उद्गमस्थल कर्णाली, पर्यटकहरुको गन्तव्य कर्णाली, खानी र खनिजको भण्डार कर्णाली, देवहरुको पवित्र पुण्यभूमि कर्णाली, जल, जमिन र जडिबुडीको अथाह सम्भावना बोकेको कर्णाली । हामीले कर्णालीलाई सही ढंगबाट प्रयोग गर्न सक्यौ भने मात्र पनि कर्णाली सम्पन्न छ भन्ने कुरालाई विश्वभर चिनाउन सक्छौ । कर्णालीलाई चिनाउनका लागि र यहाँका हरेक वस्तुस्थितिको जानकारी गराउनका लागि यसको प्रचार प्रसार हुनु जरुरी छ ।
कर्णालीमा साहित्यकारहरु जन्मेका छन् र भविष्यमा पनि जन्मिने छन् । तर हरेक अभावका कारण उनीहरु काठमाडौं केन्द्रित हुनु स्वभाविक हो । अहिलेसम्म कर्णालीमा स्थापित रुपमा साहित्यको क्षेत्रमा एउटा राम्रो पुरस्कारको स्थापना हुन सकेको छैन । एउटा स्तरीय पुस्तकालयको व्यवस्थापन छैन भने खोज तथा अनुसन्धानका लागि कुनै सामग्रीको जोहो गर्न काठमाडौ धाउनु पर्ने बाध्यात्मक परिस्थिति छ ।
अब कर्णाली आफैमा सक्षम हुनुपर्दछ । कर्णालीलाई सक्षम बनाउनका लागि भाषा, साहित्यको विकास र विस्तारसँगै यसको संरक्षण र सम्वद्र्धन हुनु त्यत्तिकै आवश्यक छ । जसका लागि साहित्यप्रेमी र संचारकर्मीहरु नङ र मासुको झैँ सम्बन्ध भएकाहरु कापि र कलमका साथ उठ्नै पर्छ । साहित्यकार र पत्रकार दुबै विधा कलमजिवी नै हुन् । फरक यत्ति हो हतारमा लेखिने साहित्य पत्रकारिता हो भने फुर्दा फुर्दै लेखिन पत्रकारिता साहित्य हो ।
यिनै कलमजिवीको सम्मानका खातिर कर्णाली साहित्य समाजले तीनवटा विधामा पुरस्कार तथा सम्मानको स्थापना गरेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउँदा गर्व लागेको छ । प्रत्येक वर्ष नेपाल भरिबाट प्रकाशित हुने साहित्यिक कृतिहरु मध्येबाट छनोट गरेर एउटा कृतिलाई नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार स्थापना गरेका छौं । साहित्यका क्षेत्रमा यो कर्णालीकै सबै भन्दा ठूलो राशीको पुरस्कार हो । यो पुरस्कार २०७५ सालमा प्रकाशित भएका कृतिहरु मध्येबाट मरीचिका कथा संग्रहलाई प्रदान गर्न गइरहेको जानकारी गराउँदछौ । यसैगरि कर्णाली प्रदेशमा जन्मेर नेपाली भाषा साहित्यको लागि विषेश योगदान दिएका मध्येबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई नगद रु २५ हजार राशीको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारको स्थापना गरेका छौ । यो वर्ष उक्त पुरस्कार कालिकोटका स्रष्टा बुद्धिसागरलाई प्रदान गर्न गइरहेका छौ । कर्णाली प्रदेशमा रहेर जुनसुकै विधामा कलम चलाएपनि यहाँको भाषा र साहित्यका लागि विशेष योगदान दिएका साहित्यकार मध्येबाट प्रत्येक वर्ष एक जनालाई प्रदान गर्ने गरि कर्णाली साहित्य समाज साधन सम्मानको स्थापना गरेका छौ । यस वर्ष उक्त सम्मान नेपाली कविता, निबन्ध र पत्रकारिता क्षेत्रमा विशेष योगदान दिन सफल साहित्यकार श्यामल अधिकारीलाई दिने निर्णय गरेका छौ ।
यही मंसिर २१ गते शनिबारका दिन होटल बुलबुले भ्यूको सभाहलमा यस संस्थाका संरक्षक कथाकार महेश विक्रम शाह ज्यूको प्रमुख आतिथ्यतामा विहान ११ बजे एउटा सभ्य र भव्य समारोहको आयोजना गरि सम्मान तथा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहान्छौ ।
यी सबै खर्चको व्यवस्थापन हुने गरि अक्षयकोष स्थापनाका लागि संरक्षक ज्यू, सल्लाहकार ज्यूहरु र हाम्रो सिंगो कार्यसमिति हरपल हरक्षण खटिइरहेको छ । यो पहिलो वर्ष भएकोले हामीले सबैको साथ र सहयोगमा अहिलेको खर्च जुटाएका छौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गर्मीमा पाक्ने काफल जाडोमा नै चरीले टिपे पछि, चलचित्र साङ्लोको पहिलो गित रिलिज

Next Post

बाँकेमा समाजिक सुरक्षा कोष ले गर्यो उद्योग व्यापारीहरु संग छलफल, कार्यालय स्थापनाको माग गर्दै ब्यापारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

बाँकेमा समाजिक सुरक्षा कोष ले गर्यो उद्योग व्यापारीहरु संग छलफल, कार्यालय स्थापनाको माग गर्दै ब्यापारी

'मानव र समाजको अध्ययन बिना देश बन्न सक्दैन'

कोहलपुरमा उपनिर्वाचनको तयारी पुरा भोलि बिहान ७ बजेदेखि मतदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?