ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डोटीमा छाउ गोठ भत्काउने अभियान सुरु

News Desk by News Desk
३:०२ मध्यान्ह, पुस २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

डोटी पुस २८ गते । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलको सिन्दुरेपानि गाउँ बाट छाउ गोठ भत्काउने अभियान सुरु गरिएको छ ।

स्थानीय बासी, महिला, जनप्रतिनिधि, प्रहरी र गाउँका अगुवाहरूको सहभागितामा आइतबार देखि सुरु भएको अभियानले २८ वटा छाउ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सीँ देउवाले जानकारी दिएका छन् ।
गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय डोटीले पुस १५ गते छाउपडी प्रथा विरुद्ध सक्रिय भएर लाग्न र सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको थियो । त्यस पछि पुस २० गते स्थानीय तहसँगको समन्वयात्मक बैठक गरिएको थियो । बैठकमा स्थानियतहका प्रमुखहरूले छाउपडी विरुद्ध लाग्न गोठ भत्काउने, छाउ बार्नेलाई सरकारबाट पाउने सेवा सुविधा रोक्न गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

सोही अनुरूप छाउपडी प्रथा कुरीति नियन्त्रण गर्न डोटीमा पनि छाउगोठ भत्काउने अभियान सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने ‘छाउपडी प्रथाका कारण धेरै महिला दिदी बहीनीहरुले अकालैमा ज्यान गुमाउनु परेको छ महिलाहरूले त्यस्तो अवस्था भोक्नु नपरोस् ’

छाउपडी प्रथा कानुन सम्वत र स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन भन्ने बुझेर छाउगोठ स्वयम् व्यक्तिले आफै भत्काउने गरेको र केही छाउगोठहरू घरधनीको रोहबरमा प्रहरी प्रशासनले भत्काउने गरेको समेत प्रजिअ पौडेलले बताए । छाउपडी प्रथाको बारेमा जताततै बहस, छलफल, अभियान चल्दा स्थानियबासीमा एक खालको जागरण चलेको छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

छाउ गोठ भत्काउन स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, आमा समूह, बाल तथा युवा समूह, धामीझाँक्रीसमेत सक्रिय रहनु पर्ने बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘छाउगोठमा बस्ने कार्य राम्रो होइन छाउपडी प्रथाकै कारण सुदूरपश्चिममा सयौँको ज्यान गएको छ ।’ धामीझाक्रि र भरणीलाई छाउपडी प्रथाको मुख्य बाधकको रूपमा लिने गरेकोले तिनीहरूलाई पनि सम्झाई बुझाई गरी अभियानलाई सफल गर्नुपर्ने समेत अध्यक्ष चन्दले बताए । पुस २७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बडीकेदार गाउँपालिकामा छाउगोठ भत्काउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै अभियानलाई सफल पार्न प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।

गाउँपालिका भित्र रहेको छाउ गोठ भत्काएर महिला तथा किशोरीलाई सुरक्षित रूपमा घरमै बस्ने अभियानमा लागेका बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष ईन्दा बोहरा भाटले बताइन् । उनले भनिन् ‘हामीले अभियानको सुरुवात गरेका छौ अब निरन्तर रूपमा अगाडी बढ्छ’ । नौ वटा स्थानीय तह रहेको डोटीमा बडीकेदार गाउँपालिका बाट छाउपडी गोठ भत्काउने अभियान सुरु गरेको हो । सुदूरपश्चिममा महिला रजस्वला भएको समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीँ गोठलाई छाउपडी गोठ भन्ने चलन रहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरू रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ । समृद्ध एवं न्यायपूर्ण नेपाल निर्माण र सुखी नेपाली बनाउन राष्ट्र निर्माण र राज्य निर्माणलाई सँगसँगै अगाडि बढाउनु आजको आवश्यकता र समयको माग हो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बहुभाषिक साँस्कृतीक प्रतियोगिता तथा माघी महोत्सव सम्पन्न

Next Post

भ्रष्टाचार नेपाली जनताको साझा शत्रु : प्रदेश प्रमुख कलौनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

भ्रष्टाचार नेपाली जनताको साझा शत्रु : प्रदेश प्रमुख कलौनी

एमयुमा मौका परिक्षाको माग-आन्दोलन गर्ने चेतावनी

सांसद महेश्वर गहतराज 'अथक'को पहलमा सडक योजनाको विषयमा छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?