बाँके बैशाख २३ गते ।
नेपालगन्जमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्र कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने नेपालभरी ८२ पुगेको छ ।
शुक्रबार ६० बर्षिय नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका संक्रमित पुरुषलाई पछ्याउनेक्रममा सोही स्थानका अरु २२ जना नयाँ संक्रमित भेटिएका हुन् । आज कोरोना पुष्टि गरिएका व्यक्तिहरु पहिलो संक्रमित परिवारका सदस्य समेत रहेका छन् ।
बाँकेका कोराना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, ९ बर्षिया बालिकासहित चार महिला र तीन पुरुषमा आज कोरोना पुष्टि भएको छ । उहाँका अनुसार, ३२, ३४ र ५५ बर्षका महिला र २२, ३० र ४० बर्षका पुरुषमा संक्रमण देखिएको हो ।
नेपालगन्जमा संक्रमित पुष्टि भएकाहरुमा ७ र ९ बर्षका बालिकासहित ११ महिला र १२ पुरुष रहेका छन् । पहिलो संक्रमितको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका ९४ जनाको शनिवार र आइवार स्वाब संकलन गरिएको थियो ।
आज कोरोना संक्रमण पुष्टि भएकाहरुलाई खजुराको कोरोना अस्पताल लैजाने तयारी भइरहेको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताउनुभयो ।
संक्रमितहरुको कन्ट्याक्ट टे«ेसिङका आधारमा सयजना भन्दा बढीको आज स्वाव संकलन गर्न लागिएको छ । जोलहनपुरुवा, डिएसपी रोड, महेन्द्र पार्कलगायतका स्थानबाट स्वाव संकलन गर्न लागिएको मेसु थापाले बताउनुभयो ।
संक्रमित संख्या ह्वात्तै बढेपछि कोरोना संक्रमण फैलिन नदिन, सक्रमितहरुको कन्ट्याक्ट टे«ेसिङ र स्वाव संकलनलाई प्रभावकारी गराउन आज विहान ११ बजेदेखि तीन दिन सम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
Discussion about this post