बाँके असोज २१ गते ।
बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निकोभएर डिस्चार्ज हुँदै छन् । आज बुधबार ११ जना महिला र २५ जना पुरुष डिस्चार्ज हुन लागेका हुन ।
स्वास्थ्य फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार २ हजार १ सय ८६ जना संक्रमित मध्य १ हजार ७ सय ९ जना डिस्चार्ज भएर आफ्नो घर गैसकेका छन् भने ४ सय ७४ जना विभिन्न आइसोलेसनमा उपचाररत छन् । जसमध्ये बाँकेका ४ सय ५६ र अन्य जिल्लाका १८ जना संक्रमित रहेको पनि रिपोर्टमा उल्लेख छ । हाल सम्म २१ जनाको मृत्यु भएको छ भने हिजो मात्र बाँकेका ३ वटा ल्यावले ६६ जनामा कोरोना पुष्टि गरेको थियो ।
Discussion about this post