ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके प्रहरी प्रशासन निकम्वा हुँदा जमुनाह नाका बन्यो पार्किङ स्थल, सुरक्षा चुनौति बढ्यो

News Desk by News Desk
५:५१ मध्यान्ह, फाल्गुन ११, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
बाँके प्रहरी प्रशासन निकम्वा हुँदा नेपालगन्जको जमुनाह नाका अस्तव्यस्त भएको छ । नाका सवारी साधन पार्किङ स्थल बन्दा नाकामा सुरक्षा चुनौति समेत बढेको छ । बाँकेका सिडियो रामबहादुर कुरुम्वांग र एसपी ओम बहादुर रानाले नाका व्यवस्थापनमा कुनै चासो लिएका छैनन् । फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गर्ने र सयौं रिक्साको भिडले नाका अस्तव्यस्त बन्ने गरेको हो ।

भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ । भन्सार गराउनका लागि सयौं मालबाहक ट्रकहरु फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ । रिक्सा, मोटरसाईकललगायतका सवारी साधनका कारण सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ ।

भारतबाट आउने सर्वसाधारणहरुलाई बोक्न सयौँ रिक्सा चालकहरु सीमा पुग्ने गरेका छन् । नेपाल—भारत सीमा जमुनाहास्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु गिरीले भारतीय सुरक्षाकर्मीले नेपाली प्लेटका सवारी साधनहरु प्रवेश गर्न नदिएका कारण सीमा अस्तव्यस्त देखिएको बताए ।

‘सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेलका लागि हजारौं नेपालीहरु आउँछन् । सवारी साधन भारत छिर्न नदिइएपछि सीमाकै सडकमा राख्नु पर्ने बाध्यता छ,’ उनले भने,‘त्यसैले नाका अस्तव्यस्त देखिएको हो । व्यवस्थापनको प्रयास भइरहेको छ ।’ उनका अनुसार ट्राफिक प्रहरीको सहयोगमा पार्किङस्थल बनाउने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

‘सस्तोमा पार्किङ गर्ने स्थान खोजेका थियौँ । तर सवारी चालकले मान्दैनन् । सडकमै निशुल्क पार्किङ गर्न खोजिएकाले हामीलाई समस्या भएको हो,’ उनले भने । दुई देशको नाका सुन्दर देखिनु पर्ने हो तर भिडभाडले कुरुपजस्तै देखिन्छ ।’ सरकारले नेपाल—भारत सीमा खोल्ने निर्णय गरेको खबर सार्वजनिक भएपछि नेपालगन्जको जमुनाहामा भारत जानेहरुको भिडभाड बढेको छ ।

भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हुने गरेको हो । सवारी साधन लिएर नेपाल भारत आउजाउ गर्न खोज्ने सर्वसाधारणहरुलाई प्रहरीले रोक्न खोज्दा विवाद पनि हुने गरेको छ । नाका खुलिसकेको जानकारी पाएका सर्वसाधारणहरुले सुरक्षाकर्मीहरुसंग विवाद गर्न थालेका हुन । दैनिक उपभोग्य सामाग्री किन्न हजारौ नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन । उनीहरु मोटरसाईकल, रिक्सा, नगरबसमा पुग्ने गर्छन ।

त्यस्तै सयौं नेपालीहरु कामको खोजिमा नेपालगन्ज नाका भएर भारत पस्ने गरेका छन् । ‘रिक्सा, मोटरसाईकल, बस, ट्रकको भिडले पैदल हिड्नसमेत सक्ने अवस्था छैन । फोरलेन सडक हो कि पार्किङ गर्ने ठाउँ हो,’ जमुनाहाका स्थानीय मोहम्द शेर अली भन्छन्,‘दुई देशको नाका सुन्दर देखिनु पर्ने हो तर भिडभाडले कुरुपजस्तै देखिन्छ ।’ सडक छेउछाउमा माछा मासुको पसल राखिएका छन् । जस्का कारण फोहोर तथा दुर्गन्धित बनेको छ ।

ADVERTISEMENT

स्थानीय प्रशासनले सीमा व्यवस्थापनका लागि पटकपटक प्रयास गर्दै आएको छ । तर उक्त प्रयास भने सफल हुन सकेको छैन । सरकारले नाका खुलेको भने पनि ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गिरीले नाका खोल्ने बारे स्थानीय प्रशासनबाट निर्देश नआएको जनाए । उनले निर्देशनपछि मात्रै सवारी साधनहरु भारत जान दिने बताए ।

‘मान्छेहरुलाई जान दिएका छौँ । तर मोटरसाईकल र रिक्सासमेत भारत जान दिएका छैनौ,’ उनले भने,‘पैदल आउजाउ भइरहेको छ ।’ देशका अन्य नाकामा निर्वाध सवारीसाधन आउजाउ भइरहेका छन् । तर जमुनाह नाकामा भने नेपालीहरुलाई भारत प्रवेशमा नेपाली सुरक्षा अधिकारीहरुले नै अघोषित रोक लगाएका छन् । बाँकेका सिडियो र एसपीका कारण किनमेलका लागि सर्वसाधरणहरु पैदल हिडेर जान बाध्य भएका छन् ।

भारतीय गाडीहरुलाई निर्वाध नेपाल आउन दिने बाँके प्रहरी प्रशासनले नेपालीहरुलाई सवारीसाधन लिएर रुपैडिया जान आफै रोक लगाएको छ । कि नाका पूर्णरुपमा बन्द गर्नु पर्यो कि पुरै खोल्नु पर्यो बाँके प्रहरी प्रशासनले के तमासा देखाएको ? पावर हुनेहरु गाडीमा नाका वारपार गरिरहेका छन् पावर नहुने सर्वसाधरणहरुले कष्ट झेलिरहेका छन् नाकामा भेटिएका सर्वसाधरणहरु बताउँदै थिए ।

नाकामा नेपालीहरुले पाउने दुख कष्टबारे यहाँका ठूला राजनीतिक दलहरुले चुइक्क समेत बोलेका छैनन् । केही मधेश केन्द्रीत दलहरुले नाकालाई सहज बनाउन आन्दोलन नै गरेपनि नेपाली काँग्रेस, नेकपा, राप्रपालगायतका दलहरु पनि मौन छन् ।

राजनीतिक दलहरु मौन हुँदा सिडियो र एसपीले समेत नाका व्यवस्थापनका सवालमा कुनै ठोस योजना ल्याउन सकेका छैनन् । जस्का कारण पहुँच नभएका नागरिकहरुले नाकामा ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।

Share148Tweet92SendShare
Previous Post

मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता

Next Post

सर्वोच्चको एतिहासिक फैसला, संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

सर्वोच्चको एतिहासिक फैसला, संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्चको आदेशको खुसीयालीमा जसपाद्धारा नेपालगन्जमा दिपप्रज्वलन, २१ किलो लड्डु सहित

प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?