ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिउँचितुवा घाङ्ग्री र लाङ्‍गेनको घाँटीमा रेडियोकलार जडान

News Desk by News Desk
१२:३१ मध्यान्ह, जेष्ठ १७, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जाजरकोट जेठ १७ गते ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज डोल्पामा दुईवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ।

यो वर्ष दुईवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्‍जका अधिकारीहरूले जानकारी दिएका छन्‌।

वन तथा वातावरण मन्त्रालयले २०७५ भदौ २५ गते मन्त्रीस्तरीय निर्णय अनुसार दुई पटकमा चार हिउँ चितुवामा जीपीएस कलार जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज कार्यालयले जनाएको छ।

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व एवम्‌ राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालको प्राविधिक, आर्थिक सहयोगमा २०७६/७७ मा दुईवटा र यही जेठ २ गतेदेखि सञ्चालित अनुसन्धान गरी दुईवटा हिउँ चितुवामा स्याटेलाइट जीपीएस रेडियो कलार जडान गरेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए।

सम्बन्धित समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्‍जले जनाएको छ। साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ किलोग्राम तौलको अन्दाजी ७ वर्षको वयस्क भाले हिउँ चितुवाको घाँटीमा जीपीएस कलार जडान गरिएको छ। उक्त हिउँ चितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ।

त्यस्तै, जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ किलोग्राम तौल भएको अन्दाजी ६ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरिएको छ। सो हिउँचितुवाको नाम लाङ्‍गेन राखिएको छ।

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मंगोलियामा हिउँचितुवामा कलारिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्रयाप अनुगमन प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको अनुवांशिक अध्ययन गर्न एवम्‌ डीएनए प्रोपाइल तयार गर्न रगतको नमूना समेत लिइएको छ।

ADVERTISEMENT

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणको अध्ययन गरिएको निकुञ्‍जले जनाएको छ। हालसम्मका तथ्याङ्‌क विश्लेषण गर्दा दुवै हिउँचितुवाले सामान्य रूपमा आ–आफ्नो बासस्थानमा ३०६९ देखी ४९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्‍जले जानकारी दिएको छ।

घाङ्ग्री घापी हिउलले ७ दिनमा २४ किलोमिटर दूरी पार गरेको छ भने लाङ्‍गेनले १ दिनमा २ किलोमिटर दूरी पार गरेको छ। यी हिउँचितुवाहरू एक-अर्काबाट ६ किलोमिटरको दूरीमा विचरण गरिरहेका छन्‌।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणबारे अध्ययन गरिएको छ। यसबाट उनीहरूले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्‍जले जानकारी दिएको छ। हिउँ चितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो।

हिउँचितुवामा स्याटेलाइट कलार जडान गरिएको स्थान चीनको सीमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरू चीनतर्फ विचरण गर्न जान्छन्‌/जाँदैनन्‌ भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, कलारिङबाट प्राप्त तथ्याङ्‌कले हिउँ चितुवाको आनीबानी, व्यवहार र विचरणलगायत बारे जानकारी प्राप्त हुने आशा लिइएको छ।

हिउँचितुवा–मानव द्वन्द्व न्यूनीकरण, बासस्थान व्यवस्थापन र अन्तरदेशीय सहकार्य लगायतबारे पनि अध्ययन हुने बताएको छ। हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणको लागि मुख्य सवालहरू पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्‍जले जनाएको छ।

स्याटेलाइट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्‍गेनबाट प्राप्त जीपीएस लोकेशनको आधारमा राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्ल्यूडब्ल्यूएफ नेपाल र शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्‍जबाट अनुगमन गरिएको छ।

यसअघि कलार जडान गरिएका सामलिङ र जेवोरोङको मृत्यु भइसकेको छ। कलार जडान गरेको ६ महिनासम्म सम्पर्कमा रहेका सामलिङ र जेवोरोङ पछि एकाएक सम्पर्क बाहिर पुगेका थिए। सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ।

Share148Tweet92SendShare
Previous Post

चीनले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको विमान आज बेइजिङ जाँदै

Next Post

निषेधाज्ञा थप्या थपै, गरीब नागरिकलाई छाक टार्नै मुस्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी
समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

९:१४ बिहान, मंसिर २, २०८३
नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
Next Post

निषेधाज्ञा थप्या थपै, गरीब नागरिकलाई छाक टार्नै मुस्किल

निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारी प्रहरीको खोरमा

नेपालगन्जका आइसोलेसनलाई अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन प्रदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
15°
Clear
6:45 am5:23 pm +0545
Feels like: 15°C
Wind: 3km/h NNE
Humidity: 91%
Pressure: 1017.95mbar
UV index: 0
MonTueWed
26°C / 12°C
26°C / 12°C
25°C / 11°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?